मन्त्री अर्जुननरसिंह केसीलाई नेपाल प्रहरीले सलामी चढाउनु पर्ने बाध्यता के थियो ?

मन्त्री अर्जुननरसिंहले घरमै यसरी लिए प्रहरीको सलामी !

capturearjusnsnns

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले गृहजिल्लामा प्रहरीको सलामी लिएको पाइएको छ । कांग्रेस नेतासमेत रहेका उनले विदूरस्थित आफ्नै घरमा प्रहरीको सलामी लिएका हुन् ।

केसीले प्रहरीको सलामी लिँदै गरेको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘गणतन्त्रका छोटे महाराजा’ भन्नेसम्मका टिप्पणी आएका छन् ।

स्रोतका अनुसार पहिलो पटक विदूरस्थित घरमा केसी पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको हो । तस्बिरमा दुई ओटा घडासहितको रातो कपडा बिछ्याइएको घरको आगनमा केसी उभिएको देखिएका छन् भने अगाडीबाट प्रहरीको एक टुकडीले सलामी दिएको छ । उनी बिदूर पुग्दा घरमा नेपालको झण्डा समेत राखिएको थियो ।

गत आइतबारमात्रै केसी पश्चिमी नुवाकोटमा पर्ने तारुका गाविसको बडा नम्बर १ स्थित चौतारागाउँमा अवैध ढंगले निर्माण भएको गौरा–पार्वती सामुदायिक अस्पतालको भवन निर्माणमा हेलिकप्टरमा पुगेका थिए । मन्त्री अस्पताल उद्घाटमा गएको भन्दै त्यतिबेला पनि उनको आलोचना भएको थियो ।

sing-1

यसअघि केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका प्रेमबहादुर सिंहले पनि केसीले जसैगरी सलामी लिएको समाचारबाहिर आएका थिए । सिंह कालीकोट पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको थियो ।

साभार रातोपाटी

१२ मङ्सिर २०७३

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo