नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी इजरायलमा फुटवल प्रतियोगिता हुदै

“नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी फुटवल” भन्ने मुल नाराका साथ इजरायलमा फेरी एकपटक भब्य फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ ।

भर्खरैमात्र खेलप्रेमीहरु र खेडालीहरुबिच सहकार्य र साथ रहदै खेलकुदमार्फत खेल विकास र इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरु बिच आपसी सद्भभाव, भाईचारा बिकास गर्ने मुख्य उदेश्यले स्थापना भएको सेवेन स्टार फुटवल टिम इजरायलले उक्त खेलको आयोजना गर्न लागेको हो ।

अंग्रेजी नयॉं वर्ष २०१७ कपको नामले हुन लागेको प्रतियोगिता यहि जनवरी १३/१४ तारीक इजरायलको रमतअबिव मिनि स्टडियमा हुनगईरहेको छ ।

बिगतमा इजरायलमा हुने र भएका प्रतियोगिताहरु भन्दा निक्कै भब्य र सभ्य बनाउने कुरामा आयोजक कतिपनि पछिनहट्ने कुराको आयोजक टिमका संयोजक तथा पुर्व राष्ट्रिय खेलाडी सुन्दर नेपालले बताउनु भएको छ ।

यस पटकको प्रतियोगितामा इजरायलमा रहेका कायापटल, शेर्पा समाज, किरात याकथुङ चुमलुङ (KYC), माम्स, एनआरएन इजरायल, फ्रेन्ड्स क्लव र आयोजक सेवेन स्टारको तर्फबाट २ सेट रातो र निलो गरि जम्मा ८ वटा फुटवल टिमले सहभागी जनाउने भएका छन् ।

खेलप्रेमी र खेलाडीहरुलाई हौसला बढाउन तथा फुटवललाई ब्यवसायिक तर्फ बढाउन उत्तप्रेरित गर्दै इजरायलमा पहिलो पल्ट प्रतियोगिता आयोजक सेवेन स्टार फुटवल टिमलाई पुर्विनेपालको दमकबाट संचालित चर्चित अनलाईन पत्रीका हाम्रो दमक डटकमले सिपोन्सर गर्ने सम्झौता भएकोछ । पटक पटक हुने यस खाले प्रतियोगीताहरुमा खेल प्रेमिहरुको उच्च सहभागिता र खेलाडीहरुको मनोवल उच्च राख्न फुटवलटिमलाई यस खाले स्पोन्सरको अति आवश्यक रहेको र त्यसकै थालनि पहिलो पल्ट हामीले गर्न लागेको बताउनु हुन्छ परीक्षित मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक तथा हाम्रो दमक डटकमका खेमराज जम्मर कट्टेल ।

आयोजकका अनुसार यहि आउदो शुक्रबार जनवरी ६ तारीक इजरायलको तेलअविवमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त समयमा खेलतालिका, खेलको नियम, पुरस्कार लगायत अन्य जानकारीको साथमा स्पोन्सर हाम्रो दमक डटकमले आयोजक टिमलाई फुटवल जर्सी हस्तान्तरण गर्ने कार्यक्रमको तयारी गर्नलागिएको बताईएकोछ ।

बिगतमा इजरायलमा भएका प्रतियोगिताहरु भन्दा निक्कै फरक र पहिलो पल्ट ग्रास ग्राउण स्टेडियममा हुन गईरहेकोले इजरायलमा रहनु भएका सम्पुर्ण खेल प्रेमी, पत्रकार, विभिन्न संघ संस्थाहरुलाई उपस्थित भई खेललाई भब्य बनाउन सहयोग गर्न पनि आयोजकले हार्दिक अनुरोध गरेकोछ साथै खेलाडी र खेलप्रेमीहरुको असुविधालाई मध्यनजर गर्दै तेलअबिवको लेवेन्सि पार्कबाट प्रतियोगिता स्थल सम्म जानकोलागी यातायातको ब्यवस्था पनि गरिएको आयोजक टिमका संयोजक सुन्दर नेपालले बताउनु भएकोछ ।

१८ पुष २०७३

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo