हिन्दु राष्ट्रको लागि हिन्दु जागरण इजरायलले मन्त्रि बुढाथोकीलाई ज्ञापनपत्र बुझायो (भिडियो)

इजरायल भ्रमणमा रहेका नेपाल सरकारका सामान्य प्रशासन मन्त्रि केशव बुढाथोकीलाई ३० डिसेम्बर २०१६को दिन संबिधान संसोधन मार्फत नेपाललाई हिन्दु राष्ट्र कायम गर्न र त्यसको लागि यथेष्ट पहल गर्न हिन्दु जागरण नेपाल अभियान इजरायलले एक ज्ञापन पत्र हस्तान्तरण गरेको छ |

ज्ञापन पत्र बुझ्दै मन्त्रि बुढाथोकीले हिन्दु जागरण अभियान , इजरायलको सो माग नेपाल सरकार सम्म पुराउने जानकारी दिएका छन् साथै मन्त्रिले अबको केहि समय पछि कमल थापा पनि यहि सरकारमा सामेल हुने हुदा हिन्दु राष्ट्रको मागले पनि  केहि गति लिन सक्ने जानकारी गराएका छन् |

मन्त्रीलाई सो ज्ञापनपत्र हिन्दु जागरण अभियान , इजरायलका अधक्ष्य रामगोपाल भण्डारीले बुझाएका थिए , सो बेला हिन्दु जागरण अभियान इजरायलका अन्य पदाधिकारी पनि उपस्थिति थिए |

१९ पुष २०७३

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo