कादम्बरीको दिलकी रानी भनि छोडी जाने निष्ठुरीमा कसको लागि यति अपहते गर्दैछिन अशिष्मा

गीतकार कादम्बरी दाना श्रेष्ठको गीतिसंग्रह एल्बम  ”सुशान्तको स्मृति”मा रहेको एक गीत ”दिलकी रानी भनि छोडी जाने निष्ठुरीलाई ” बोलको  संग्स नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ |

सो म्युजिक भिडियोमा चर्चित  मोडल अशिष्मा नकर्मी  र मोडल  बिनोदको अभिनय रहेको छ भने सो गीतलाई प्रख्यात गायिका मिलन अमात्यले सुमधुर आवाजमा प्रसिद्ध संगीतकार मनराजा नकर्मीको संगीत रहेको छ साथै संगीत संयोजन चै हरिशरण सायमीको रहेको छ  |

सो म्युजिक भिडियोको निर्देशनमा बिशाल भण्डारी रहेका छन भन्ने छायांकनमा अर्जुन तिवारीको टिम  रहेका छन् |

गीतको भावार्थ अनुसार मोडल अशिष्मा र बिनोदले गीतलाई पूर्ण न्याय गरेका छन् | गीतकार श्रेष्ठको शब्द चयनलाई गायिका अमात्यको स्वर र नकर्मीको संगीतले थप सर्ब्रोकृष्ट बनाएको छ यो म्युजिक भिडियोलाई |

गत असोज १५ गते गीतकार कादम्बरी दाना श्रेष्ठको सुशान्त नामक गीति संग्रह एल्बम सार्बजनिक गरिएको थियो। रचनाकार कादम्बरी र्इजरायलमै कार्यरत रहदा छोरा सुशान्तको अल्पायुमै निधन भएको थियो | आफ्नु प्रिय मुटुको टुक्रा छोरा सुशान्तको स्मृतिमा आफ्नु पहिलो एल्बमको नामनै ”सुशान्त ” राखिएको हो |

यो म्युजिक भिडियोलाई उच्च सफलता मिलोस भन्दै यो म्युजिक भिडियोको सिंगो टिमलाई इकोशी डटकमको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ |

२७ पुष २०७३

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo