नेपाल उहिले र अहिले (तस्वीरहरुमा)

अमेरिकी पिस कोर स्वयम्‌सेवी डउ हल र उनकी पत्नी केट र्‍याफर्टी ले संकलन गरेका आधा शताब्दी अघिको नेपालका तस्वीरहरु र ती स्थानका हालका तस्वीरहरुले यसबीच नेपालमा आएको परिवर्तन देखाउँछन् । प्रस्तुत तस्वीरहरु पिस कोर स्वयम्‌सेवीहरुबाट हल जोडीले गरेको संकलन र इन्टरनेटमा पाइएका हालका तस्वीरहरु हुन् ।

अमेरिकी पिस कोर स्वयम्सेवीहरु पहिलोपटक सन् १९६२ मा नेपाल आएका थिए । हालसम्म करिब ३,८०० पिस कोर स्वयम्सेवीहरु नेपाल आएर विभिन्न क्षेत्रमा सेवा पुर्‍याएका छन् । अहिले नेपालका विभिन्न स्थानमा ६८ जना स्वयम्‌सेवीले सेवा दिइरहेका छन्, उनीहरु कृषी र पोषण शिक्षाका क्षेत्रमा काम गरिरहेका छन् ।

अमेरिकी नागरिक डउ हल पनि सन् १९६८ देखि १९६९ सम्म नेपालमा पिस कोर स्वयम्सेवीका रुपमा कार्यरत थिए । त्यसबेला उनले खिचेका थुप्रै तस्वीरहरुलाई डिजिटाइज्ड गरेर फेसबुकमा राखे । केही नेपालीहरुले यि तस्वीरहरु ऐतिहासिक महत्वका भएकोले संरक्षण गरेर राख्न सुझाव दिएपछि उनकी पत्नी केट र्‍याफर्टीको सहयोगमा अन्य पिसकोर स्वयम्सेवीहरुले खिचेका तस्वीरहरु समेत जम्मा पार्न थाले ।

शनिश्चरे पहिला र अहिले :तस्बीरहरु माथी,तल 

सन् १९६२ देखि १९७५ सम्मका तस्वीरहरु उनीहरुले सक्दो जम्मा पारेका छन् ।

सन् १९७१ को इलाम । तस्वीर: जोन ह्युगेस र सन् २०१५ को इलाम । तस्वीर: टिकाराम घिमिरे

हिले सन् २०१५ मा । तस्वीर: सुरेन्द्र अाठपहरिया र हिले सन् १९७१ मा । तस्वीर: बब निकोलस

तीन वर्षको प्रयासपछि हल दम्पतीले त्यसबेलाको नेपालका १९ हजार भन्दा बढी तस्वीरहरु जम्मा पारिसकेका छन् । उतीबेलाको नेपालका तराई, पहाड र हिमालका यि तस्वीरहरु रोचक छन् । हलले त्यसबेलाका तस्वीरहरु नेपाल पिक्चर लाइब्रेरी, मदन पुरस्कार पुस्तकालय, तारागाउँ संग्रहालय लगायतलाई उपलब्ध गराएका छन् ।

नयाँ वन
यो ५० वर्षको अवधिमा नेपालमा सामुदायिक वन फस्टाएको छ । केही सुख्खा डाँडाहरु रुखले ढाकिएका छन् । पुराना तस्वीरहरु पिस कोर स्वयम्‌सेवीहरुले खिचेका हुन् ।

चौताराः सन् १९६९ (तस्वीरः केट रार्फर्टी हल), सन् २०१७ (तस्वीरः जीवन नेपाल)

यस्ता थुप्रै तस्वीरहरु http:/roundsimaging.com/galleries/nepal-photo-history-contributors/contributor-display-albums/ मा हेर्न सकिन्छ ।

बुटवल सन् १९६७ मा । तस्वीर: कार्ल होस्टिका र बुटवल सन् २०१५ मा । तस्वीर: विकिपिडिया

हिमाल खबरबाट लिईएको

 

प्रकाशित मिति :असार १५ बुधबार-२०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo