नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिलाउने हाम्रो राष्ट्र लिपि “रञ्जना लिपि” किन अपहेलित ?

राष्ट्रसंघको सदस्यता लिदा प्रयोग गरेको “रञ्जना लिपि” नेपालको राष्ट्रिय लिपि हो

नेपालमा लामो समयसम्म संस्कृति भनेका चाडपर्व र जात्रा मात्रै हुन् भन्नेजस्तो बुझाइ रहँदै आयो। तर, मानिसको दिमाग र हातले निर्माण गरेका प्रत्येक चिज संस्कृतिका अंग हुन्। ती सबैको समुच्चय संस्कृति हो भन्ने बुझाइले ठोस आकार र मान्यता प्राप्त गरिसकेको छ।

यसर्थ ललितकलाका सबै आयाम, दार्शनिक सोचको तरिका, वास्तुकला, औषधिशास्त्र, खाद्यशास्त्र, खेतीपातीको प्रविधि आदि सबै नै संस्कृतिका अंग हुन् भन्ने स्पष्ट नै छ। कुनै जाति, राष्ट्र र देश आफ्नो मौलिक संस्कृतिको जगमै एउटा पृथक राष्ट्रका रूपमा परिचित र गौरवान्वित हुने गर्दछ भनी धेरैले पटकपटक भन्ने गरेकै विषय हो।

नेपालमा सरकारी चलनचल्तीमा देवनागरी लिपि चलाइन्छ, तर राष्ट्रसंघको सदस्यता लिँदा नेपालले आफ्नो मौलिक लिपिका रूपमा नेपाल भाषामा प्रयोग गरिंदै आएको रञ्जना लिपि प्रस्तुत गरी आफू अलग राष्ट्र भएको दाबी गरेर सदस्यता लियो। जुन नेपाल भाषा नेपालमा दमनमा परेको थियो र छ, त्यसैको लिपिले नेपाललाई पृथक राष्ट्रको मान्यता दिलाउन भूमिका खेल्यो। यही दृष्टान्तबाट पनि प्रस्ट हुन्छ, हाम्रो मौलिक संस्कृतिको महत्व कति छ!

रंजना लिपिलार्इ नेपालले आफ्नो राष्ट् लिपीको रुपमा संयुक्त राष्ट् संघमा दर्ता गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिदा प्रयोग गरेको नेपाल भाषाको मौलिक लिपि “रञ्जना लिपि” नेपालको राष्ट्रिय/अन्तर्राष्ट्रिय लिपि हो । हामीले बोल्ने देवनागरी लिपिमा भारतको अधिकार छ |

फरक प्रसङ्ग : रन्जना लिपिबारे !!

१४ डिसेम्बर १९५५ , तत्कालिन नेपाल सरकारले संयुक्त राष्ट्र संघको कार्यालमा नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनका लागि निबेदन गर्यो |  सो निवेदनमा नेपालको राष्ट्र भाषा खस नेपाली र राष्ट्रिय लिपि ‘देवनागरी लिपि’ प्रयोग भएको थियो  | तर , भाषा भारतीय भाषा संग मिल्दो जुल्दो र लिपि त झन् हुबहु भारतीय लिपिसंग मेल खाएको कारणले नेपाललाइ स्वतन्त्र राष्ट्र बनाउन नमिल्ने जवाफ संयुक्त राष्ट्र संघको कार्यालयले तत्कालिन नेपाल सरकार लै दियो | नेपाल कतै भारतकै भू-भाग पो हो कि भन्ने शंका लागेको रहेछ  संयुक्त राष्ट्र संघलाई |

तेस्पछी नेपाल सरकारले पुनः निबेदन लेखे , यस पटक भने ‘रन्जना लिपि’ लाइ राष्ट्रिय लिपि भनि उल्लेख गरियो  | त्यसपछि  संयुक्त राष्ट्र संघले नेपाललाइ स्वतन्त्र राष्ट्रको मान्यता दियो |

यसरी नेपाललाई एक छुट्टै स्वतन्त्र , सार्वभौम राष्ट्रको रुपमा स्तापित गर्न योगदान गरेको ”रन्जना लिपि” आज ओझेलमा परेको छ  |  देशको राष्ट्रिय लिपिको अवस्था त यस्तो छ भने अरु लिपिहरुको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ | हाम्रो देशका यी अनमोल रत्नहरुलाई जोगाउनु के हामी युवाको कर्तव्य होइन ? कुनै बेला उत्तरमा जापान , कोरिया ,चिन,तिब्बत देखि दक्षिणमा भारत , श्रीलंकासम्म प्रयोगमा आएको यस सुन्दर लिपिको संरक्षण गर्न हामी के कस्ता कार्य हरु गर्न सक्छौं ? सबैले आआफ्नो ठाउँबाट सोचौ !

रंजना लिपि लेख्न विरासतको रुपमा एउटा विकसित प्रणाली ब्राह्मी हो , ११औं शताव्दीमा सुरु भएको थियो। यो मुख्यतः नेपाल भाषा लेख्न प्रयोग गरिएको थियो परन्तु भारतका मठहरुमा पनि प्रयोग गर्न थालियो , तिब्बत , चीन समुद्र तट , मंगोलिया , र जापान यसको प्रसार बढ्दै गयो ।

-विभिन्न लेखक र अनलाइनबाट साभार , बिशेष साभार लेखक आहुतिबाट

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo