चेत नपलाए चन्द्रसूर्य झण्डा बोक्ने हातमा भारतको तिरंगा बोक्ने दिन नआउला भन्न के बेर ?

-जनकमान डंगोल

जनक मान डंगोल

जनक मान डंगोल

लेण्डुप पथमा हिड्दैछन नेपालको नेताहरु :पहिला पहिला नेपालमा जनताहरुलाई प्रजा भनिने चलन थियो । राजा र प्रजा नमिलेको भए २००७ सालमा हुकुमी शासन चलाउने राणा शासनको पक्कै पनि अन्त्य हुँदैनथ्यो । राजा र प्रजा मिलेको नतिजास्वरूप २००७ साल फाल्गुन ७ गते नेपालमा पहिलो पटक विधिवतरुपमा प्रजातन्त्र घोषणा भएको हो । प्रजातन्त्र स्थापित गराउनमा जनताको जति सहयोग र बलिदान छ त्यतिनै सहयोग राजाहरुले पनि दिएका थिए । दरबारकै खोपीमा बसेर शुखसयलमा रमाएर बसेको भए त्यो समयमा नेपालमा प्रजातन्त्र पक्कै आउदैन थियो ।

२००७ देखि २०१५ को बिचमा धेरै ब्यक्तिहरुले प्रधानमन्त्रीको स्वाद चाखे । कुनै ब्यक्ति दोहर्याएर पनि प्रधानमन्त्री बने । त्यसै बिचमा पुर्बी नेपालको सप्तकोसी नदि छिमेकी भारतलाई बुझाउने देखि भने नेपालको उत्तरी सिमानामा भारतीय फौजको चेकपोस्ट राख्ने सम्मको काम गरियो । छिमेकी भारत र चिन एक आर्काको दुश्मन हुन तर नेपाल बिचको देस भए पछी उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्नु त्यो समयको नेताहरुको अदुरदर्सिताको एउटा कदम थियो ।

२०१५ सालमा नेपालमा पहिलो पटक आम निर्वाचन भयो । उक्त आम निर्वाचन पश्चात नेपालमा छिमेकी भारतको हस्तक्षेपले राम्रै संग जरा गाडेको देखियो । भारतको आदेस निर्देशन बेगर नेपाली कांग्रेसको सरकारले चाहेर पनि जनताको हितमा काम गर्न सक्दैन थियो । गण्डक सम्झौता त्यसैको नतिजा थियो । राणा शासन हटाउने नाममा छिमेकी भारतमा बसेर गरेको काम र योजनाको प्रतिफलनै छिमेकी भारतको हस्तक्षेप थियो भनेर तत्कालिन समयका नेताहरुले पक्कै नबुझेको हैन ।

रास्ट्र भन्दा ठुलो अरु केहि हुँदैन भन्ने बिचार रास्ट्रबादी बिचारधारा बोक्ने नेपाली कांग्रेस देखि तत्कालिन कम्युनिस्ट पार्टीका केहि नेताहरुले पनि बुझेका थिय । देस दिनप्रतिदिन सिक्किमीकारण हुने भयेले तत्कालिन राजा स्व.महेन्द्रले कांग्रेस तथा कम्युनिस्टका देसभक्त नेताहरु संग परामर्श गरे पश्चात २०१७ साल पौष १ गते नेपालमा दलविहीन पंचायती ब्यबस्थाको घोषणा गरिएको थियो । राजा महेन्द्र एक्लैले चाहेर मात्रमा पंचायती ब्यबस्था घोषणा गर्न सक्दैन थिए ।

सत्ताबाट बिछोडिनु परेको पिरले २००७ देखि २०१७ सालको बिचमा भोगेको घटनाबाट पाठ नसिकेर नेपालका कांग्रेस तथा कम्युनिस्ट नेताहरुले पुन: छिमेकी भारतमा बसेर पंचायती ब्यबस्था र राजा बिरुद्ध संघर्ष गर्न थाले । जनताको मत नबुझी शासन गर्न सकिदैन भनेर स्व.राजा बिरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका हुन ।

जनमत संग्रहले प्रजातन्त्र हैन पंचायत नै ठिक भनेर नतिजा दिए पछी नतिजा स्वीकार गर्ने तत्कालिन कांग्रेसी नेता स्व.बिशेस्वर प्रसाद कोईरालाको पार्टीले आफ्नै निर्णयलाई लत्याउदै सत्याग्रह देखि बम काण्ड सम्मको घटना घटाएको पनि देखिएकै हो ।

शासन र ब्यबस्था कुनै पनि नराम्रा र खराब हुन् त्यसलाई राम्रो तथा नराम्रो बनाउने नेता तथा रास्ट्र सेवक कर्मचारीहरुको हातको कुरा हो । पंचायती ब्यबस्था नराम्रो थिएन तर पंचायती ब्यबस्थालाई बदनाम गराउनेमा अन्य कोहि नभएर केहि महापंच देखि रास्ट्र सेवक कर्मचारीहरु थिए । तिनीहरुको सक्कली अनुहार २०४६ साल पछी नेपाली जनताहरुले राम्रै संग देख्न पाएका थिए भने २०६४ साल पछी त झन राम्रै संग चिन्न समेत पाइएको थियो ।

हिजो पंचायती ब्यबस्था बचाउने नाउँमा तराईको घना जंगल फाड़ने देखि छिमकी भारतका सिमावर्ती क्षेत्रका नागरिकहरुलाई नागरिकता बाड्ने काम सम्म गरेका तत्कालिन माहापन्च स्व.सुर्य बहादुर थापाले २०६४ साल पछी आफ्नो सक्कली रुप जनताको सामु देखाउलान भनेर कोहि कसैले पनि कल्पना गरेका थिएनन तर तिनी छिमकी भारतको ईसारामा नेपाल र नेपालीहरुलाई बिषालु सर्प बनेर डस्दैछ्न भन्ने कुरा भावी बाहेक अरुलाई के थाहा ।

नेपालमा दोश्रो पटकको प्रजातन्त्रको लडाई कांग्रेस एक्लैले लडेको हैन । जसरि २००४ सालमा भारतमा गएर बि.पी, गणेशमान तथा कृष्ण प्रसाद भटराईहरुले नेपाली कांग्रेस पार्टीको जन्म गराएका थिए त्यस्तै गरि २००६ सालमा तुलसीलाल अमात्य तथा साहना/साधना प्रधान दिदिबैनीहरुले कम्युनिस्ट पार्टी जन्माएका थिए । दुवै पार्टीको जन्मथलो भने भारतको कलकत्ता सहरमा भएको हो ।

नेपालमा २०४६ सालको आन्दोलन हुनुभन्दा अगाडी सिंगो कम्युनिस्ट पार्टी फुटेर टुक्रा टुक्रामा परिणत भै सकेको थियो । कम्युनिस्टहरु हात मुठी पारेर आकास तिर फर्काउछन त्यो भनेको हामि एक हौ तर ब्यबहारमा भने ठिक उल्टो चरित्र प्रदर्शन गरेर देखाई दिन्छन । बिचर नमिल्नासाथ गुटबन्दी सुरु हुन्छ र तुरुन्तै पार्टी फुटाई हाल्छन । नेपालमा ३ दर्जन भन्दा कम्युनिस्ट पार्टी खुल्नु त्यसैको नतिजा हो ।

२०४५ सालमा सिंगो कम्युनिस्ट पार्टी नभएर बाम मोर्चा र कांग्रेसको सहकार्यमा पंचायत ब्यबस्था बिरुद्ध जेहाद छेडे । छिमेकी भारतका नाम चलेका नेताहरुलाई बोलाएर आफ्नै जननीको हुर्मत लिए । आफ्नै जननीको हुर्मत लिंदा बिरोध नगरेर तालि पिट्ने कांग्रेस तथा कम्युनिस्ट नेताहरुको सक्कली चरित्र जनताले बुझेको भए २०४६ साल देखि आजको मिति सम्ममा आईपुग्दा नेपालमा पटक पटक आन्दोलन पक्कै पनि हुँदैन थियो ।

२००४ साल देखिने नेपालको कांग्रेस तथा कम्युनिस्टको नेताहरु बिदेसी नेताको ईसारामा चलेका छन । नेपालमा टिक्न नसके पछी छिमेकी देसमा गएर आफ्नै देसको अस्मितालाई लिलाम गरेर जनतालाई भड़काऊन सुरु गर्छन । सत्ता आफ्नो हातमा नपारुन्जेल सम्म एकलब्य बनेर ब्यबस्था बिरुद्द क्रान्तिको बिगुल फुक्छन तर आफ्नो हातमा शासन र सत्ता आए पश्चात देस र जनताको भलाईमा नभएर बिदेसीहरुको हितमा काम गर्छन भन्ने कुरा २००४ साल देखि आजको मिति सम्ममा देखि भोगी सके पछी पनि हामि नेपाली जनताहरु भने पार्टीका नेताहरुको पछी लाग्न छोडदैनौ भने देसको बिकास कसरि हुन्छ ? पार्टीका नेताहरुको ईसारामा पटक पटक क्रान्ति देखि बन्द हड्ताल गर्छौ भने देसमा शुख शान्ति र अमनचयन कसरि कायम गर्न सक्छौ ?

देस हाम्रो हो भनेर हामि भन्छौ तर नेपालको राजनीतिक पार्टीका नेताहरुले देस हाम्रो हो भनेर कहिले पनि भनेका छैनन । जनताको भलाई र चिन्ता लिंदै देस हाम्रोहो भन्ने सोच मनमा पालेका भए लेण्डुप बन्ने घोडदौडमा किन सामेल हुन्थे ?

लेन्डुप बन्न रहर गर्छन तर सिक्किम भारतमा बिलय गराउन महत्वपूर्ण भूमिका खेल्ने लेण्डुप दोर्जीले आफ्नै जन्मभूमिमा टिक्न नसकेर छिमेकी राज्यमा पलायन हुनु परेको घटना पनि नेपाली नेताहरुले बिर्सेका छैनन भने पटक पटक रास्ट्रघाती  काम किन गर्छन ?

वली सरकार पतन गराउनमा पनि छिमेकी भारतकै देन छ भन्ने कुरा रास्ट्रिय मिडियाहरुमा पढ्न पाईएकै हो त्यसैले होस गर नेपाली जनताहरु अब पनि चेत पलाएन भने नेपालको तिनकुने चन्द्रसूर्य झण्डा बोक्ने हातमा भारतको तिरंगा  बोक्ने दिन नआउला भन्न के बेर ।

(यो लेख लेखकको निजि बिचार हुन)

२०७४ आषाढ ३० गते

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo