आफ्नो जेठो छोरा सँगै रोनाल्डोले भर्खरै जन्मिएका जुम्ल्याहा सन्तानको फोटो सार्वजानिक गरे

असार २१-रियल म्याड्रिडका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो तिन सन्तानका बाबु हुन्। धेरैलाई यो कुरा थाहाँ नभएको पनि हुनसक्छ। हालै रोनाल्डो दुई जुन्ल्याहा सन्तानका बाबु बनेका छन्।

रोनाल्डोको जुम्लायाहा सन्तान ‘सरोगेसी’ मार्फत जन्मिएका हुन्।

यसै हप्ताको शुरुमा रोनाल्डोले फेसबुकमा दुई जुम्ल्याहा सन्तान सहित आफ्नो जेठो छोरा रोनाल्डो जुनिएर सँगै जुम्याहा सन्तान इभा र माटेओ सँगको फोटो सार्बजानिक गरेका हुन्।

सार्बजानिक फोटोमा जेठो छोरा र रोनाल्डोले आ-आफ्नो हातमा भर्खरै जन्मिएका आफ्नो परिवारका नयाँ सदस्यहरुलाई बोकेर एक अर्कालाई हेर्दै मुस्कुराई रहेको देखिन्छ।

फोटो सार्बजानिक भएसँगै भाइरल भइरहेको छ।

प्रकाशित मिति :असार २१ बुधबार-२०७४

 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo