१२ करोड भन्दा धेरै पटक हेरिसकिएको ३ बर्षका बालकको मनछुने यो भिडियो !

भनिन्छ बच्चाहरु भगवानको रुप हुन्छन्। संसारका सबैभन्दा प्यारा चिजहरु मध्येमा बच्चाहरु पहिलो नम्बरमा आउँछन्। यस्तै प्यारा बच्चाहरु मध्येमा अति प्यारा बच्चा हुन् चिनका ‘जेंग जुन हाओ’ तिन बर्षका हाओको एक भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। यो भिडियोलाई युट्युबमा १२ करोड (११८,७५०,५०२) भन्दा धेरै पटक हेरिएको छ।

यो भिडियो हेरेर नमुस्कुराउँने मान्छे नै छैनन्, चिनको एक रियालिटी शोमा अडिसन दिन आएका तिन बर्षका बालक हाओले निर्णायक र उपस्थित दर्शकहरुको मन जितेका छन्।

जब हाओ स्टेजमा अडिशन दिन आए,निर्णायकहरुले यो बच्चाले के गर्न सक्छ भनेर सोधेका थिए। जब हाओ डान्स गर्न थाले तब निर्णायकहरु र दर्शकहरु हेरेको-हेर्यै चकित भए।

निक्कै नै प्यारा लाग्ने बालकको डान्स देखेर सबैजना खुब हाँस्न थाले।

यो भिडियोमा अर्को एक खास कुरा पनि छ,त्यो हो- बालकले स्टेजमा आफुसँगै एक लगेज लिएर गएका हुन्छन्, जुन साधारण झोला नभएर स्पीकर हो। निर्णायकहरुले जब रिमोटले गित परिवर्तन गर्छन्, ति बालकले पनि डान्सको स्टेप बदल्छन्।

हेरौँ भिडियो

प्रकाशित मिति : असार २७ मंगलबार-२०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo