राष्ट्र र राष्ट्रियताप्रति लिएको चट्टानी अडानले गर्दा नै ओलीलाई राष्ट्रवादी नेताको रुपमा उभ्यायो

सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट देशको राजनैतिक ,आर्थिक , सामाजिक , धार्मिक ,शैक्षिक , कला , आदि बिषयहरुमा आफ्नो धारणा राख्नु हुने तथा ति बिषयहरुमा अध्ययन गरिरहनु भएको ब्यक्तिहरुसँग संवाद थाल्ने हाम्रो प्रयास हो पाना संवाद  यो संवादबाट निस्किएका सकारात्मक  निष्कर्षहरु देश र समाजलाई केहि निकाश र बाटो देखाउन  महत्वपूर्ण हुनेछ भन्ने हाम्रो मान्यता छ। यसै क्रममा आजको  साप्ताहिक पाना संवादमा हाम्रो अथितिको रुपमा प्रवासी नेपाली मंच इजरायलका अधक्ष्य  तिर्थ गौतम रहनु भएको छ, पाना सम्बादको लागि अधक्ष्य  गौतमसंग सुनिल श्रेष्ठले समसामयिक  बिषयमा गरेको कुराकारीको सम्पादित अंश:

प्रवासी नेपाली मंच इजरायलकोको गतिबिधिबारे केहि प्रकाश पार्दिनु हुन्छ कि ?

= इजरायलमा कार्यरत एमालेमा आस्था राख्ने नेपालीहरुको सहभागितामा जनताको वहुदलीय जनवादको मागदर्शनमा समृद्ध नेपालको निणर्य गरौ भन्ने मुल नाराका साथ सन् २०१६मा स्थापना भएको प्रवासी नेपाली मंच इजरायलको त्यो बेलाको तसर्थ समितिको संयोजक जसमा म, तिर्थ गौतम संयोजकत्वमा उप संयोजक जय ओडारी रहेको २१ सदस्य तसर्थ समिति गठन भयो  थियो  र  २०१७ मे १२ का दिन इजरालयमा कार्यरत सम्पूर्ण संघ सस्था बृद्धिजीवीहरुको उपस्थितमा पहिलो वार्षिकोत्सव मनाउनुको साथै मेरै अधक्ष्यतामा नयाँ  कार्यसमितिको पनि चयन गरेको छ र यो समितिको कार्यकाल २ बर्षको रहेको छ   । प्रवासमा बसेर आफ्ना राजनैतिक आस्था र विचारलाई निरन्तरता दिदै नेपाली समाजको दुःख समस्या र अधिकारलाई आवाजमा बुलन्द गर्ने उद्देश्यले नेपालीहरुको सम्बृद्धिको लागि प्र.ने.म. इजराय क्रियाशिल छ । इजरायलवासी नेपालीहरुलाई एकठाउँमा गोलबद्ध बनाएर सम्पूर्ण प्रवासीको आवाज नेपाल सम्म पू¥याउने लक्ष्यका साथ मन्च क्रियासील छ ।

राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्दै नेपाली जनताको हकहितको लागि न्याय र समतामूलक समृद्ध नेपाल स्थापना गर्ने नेपाली क्रान्ति मौलिक कायक्रम तथा मार्गनिर्देशन सिद्धान्त जनताको बहुदलीय जनवालाई इजरायलमा रहेको नेपाली समुदायमा स्थापित र प्रवर्द्धन गर्दै संगठित र सचेत जनशक्ति परिचालन गरी श्रमिकहरुको हकहितको रक्षा गर्दै उनीहरु माथी हुने अत्याचार थिचोमिचो विरुद्ध आवाज उठाउदै केही रचनात्मक कार्य गर्न मंच क्रियासील छ ।

मंच स्थापना भएको १ बर्ष पुगेको अवसरमा नेकपा एमालेका प्रभावशाली महिला नेतृ एवम् एमाले प्रवास विभाग प्रमुख बिन्दा पाण्डे इजरायल आउनु भएको थियो र वहाकै प्रमुख आथित्यमा मंचको पहिलो वार्षिकोत्सव भब्य र सभ्यरुपमा सम्पन्न भएको छ ।

-एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको सफलतालाई कसरी लिनु भएको छ ?

=स्थानिय तहमा प्राप्त सफलता सानदार छ जसले थप हैसल्ला र जिम्मेवारीको महसुस भएको छ तर जति सफलता हुनु पर्ने हो जुन अझ भएको छैन । यसमा हाम्रो आफ्नै कमीकमजोरी र अन्तर्घात हुनु मूल जिम्मेवार छन । हामीले सोचेजस्तो सान्दार विजय अझै भएको छैन ।

ठुला ठुला अन्तर्राष्ट्रिय शक्ति तथा सत्ताशक्तिको आडमा हुने घातप्रतिघातको प्रयासलाई परास्त पार्दै नेपाली जनताले एमालेको आदर्शलाई आत्मा साथ गर्दै हाम्रो एमालेलाई विजय गराएका हुन । यसको लागि सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद दिन चाहान्छु । यसमा म जस्ता प्रवासमा रहेर सगंठनले दिएको जिम्मेवार वहन गरिरहेको ने.क.पा. एमालेको बफादार सिपाहीलाई थप उत्साह र जीम्मेवारको बोध भएको छ ।

-तर एमालेले उठाएको राष्ट्रवादको मुद्दालाई जनजाती आदिवासी मधेशी लगायत केहि राजनैतिक संगठनहरुले गरेको बिरोधलाई कसरी बुझ्ने ? तपाइको विचारमा !

=संविधानले सुनिश्चित गरेका मधेशी-थारु जनजाती आदिवासी अधिकारलाई ओझेलमा पारि संबिधानले अगडी सारेका विषयलाई जनतासमक्ष पुग्न नदिएर जनतालाई गुमराहमा पार्न खोजिरहेको हुनाले वनावटी होहल्लाले जनतालाई भ्रममा पारिदैछ तर अब जनता सचेत हुदैछन् । संविधानको प्रस्तावनाले सबै खाले विभेद र असमानताको अन्त्य गरेको छ । समानताको लागि समानुपातिक समावेसी सिद्धान्तलाई आत्मासाथ गरेको छ ।

नागरिकताको सम्बन्धमा थप लचिलो छ । भाषा सिमांकन नागरिकता लगायतका महतोपुननिणयका सबालमा किमाथ संसोधन हुन्सक्दैन |जुन नैतिकबल गुमाएर तथा पराजित मानसिकताको आवेग र उत्तेजनाको पूर्वाग्रहबाट ग्रसित उपज हो ।

एमाले अधक्ष्य ओलीलाई स्व राजा महेन्द्रसंग तुलना गरेका छन् चर्चित राजनैतिक विश्लेषक सौरभले ,यस बारे तपाइको भनाइ के छ ?

=स्वाभाविक हो , राष्ट्रवादको मामिलामा राजा महेन्द्र र अधक्ष्य केपी ओली तुलना किनकी राजा महेन्द्रले पनि नेपालको सम्बन्धलाई विश्वसँग विस्तार गर्दै देशको गौरव उच्च बनाएर साथै नेपालको सम्बन्ध विस्तार भारत सँगमात्र सीमीत नराखी चिनसँग समेत आरम्भ गरेका थिए जबकी राजा त्रिभुवनको शासन कालमा नेपालको प्राथमिकता भारत मात्र थियो तर राजा महेनद्रले चिनसँग पनि उतिकै महत्वका साथ सम्बन्ध कायम राख्न थाले तिनै कुराहरु हाम्रो पार्टी अधक्ष्य ओलीले प्रधानमन्त्री हुदा खेरि चिनसँग पारवहन सन्धि गर्दै नेपाललाई बिकाशको नयाँ ढोका खोल्नु भयो ।

भूपरिवेष्ठित राष्ट्रहरुले पाउने निर्वाध सुविधा नेपालका लागी अति आबश्यक थियो त्यसलाई ओलीको कार्यकालमा सफल पारी नेपालको शिरलाई माथी उठाउदै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र सार्बभौम सत्ताको वास्तविक अभ्यास सुरु भएको छ ।

अध्यक्ष ओलीले स्वतन्त्र राष्ट्रको हैसीयतले सबै मित्र राष्ट्रहरुसँग असल सम्बन्ध राख्ने पहल गरे । व्यापार पारवहनमा रहेको एकदेशीय निरभरतालाई अन्त्य गर्दै मित्र राष्ट्र चीनसँग यातायात पारवहन सम्झौता गरे दक्षिणबाट होस या उत्तरबाट होस नेपालको पहुचमा समुन्द्रसँग सिधै पुग्न सकिन्छ अब । राष्ट्र र राष्ट्रियता प्रतिको कर्तव्यबोधले ओलीले लिएको चट्टानी अडानले गर्दा नै ओलीलाई राष्ट्रवादी नेताको रुपमा उभ्याएको प्रष्ट छ ।

केहि समय पहिले पुर्वप्रधानमन्त्री ओलीले संघियता लगायत केहि बिषयबस्तु बिदेशीले थोपरेको भन्दै केहि छलफलको लागि बाहिर ल्याएको जस्तो देखिन्छ तर धर्म निरिपेक्षको बारेमा चै केहि बोल्नु भएन यसलाई कसरी लिने ? के धर्म निरिपेक्ष नेपाली कै एजेन्डा हो ?

=शासन ब्यबस्थामा अधिकतम जनतालाई सहभागीता गराउने राजनैतिक प्रक्रिया नै संघियता हो । बहुभाषी, बहुजाति, बहुधार्मिक समाजको हकहित र अधिकारको सम्पूर्ण लोकतान्त्रीक नेपाली समुदायलाई शसक्तीकरण गर्ने संघीय प्रणालीलाई नेपालीको परिवेसमा बिभिन्न बाधा ब्यबधानको बाबजुद पनि नेपाली माटो सुहाउदो संघीयता भैसकेको छ । अब कस्को एजेण्डा भन्ने बहसमा भन्दा पनि यसलाई अधिकारको लागि प्रयोग गर्दै जानु आजको आवाश्यकता हो ।

यसो सामाजिक संजालतिर विचार गर्दा धेरै जसो एमालेप्रति आस्था राख्नेहरु हिन्दु राष्ट्र होस् भन्न इच्छा राखेको देखिन्छ यसलाई कसरी बुझ्ने ? किनकी एमाले धर्म निरिपेक्षप्रति सबै भन्दा कटर दल हो ।

=धर्म निरपेक्षमा धर्मको बारेमा बोल्न पाउने र आफुले मानेको धर्मलाई अपनाउने अधिकार हुन्छ । चाहे बहुसंख्या हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन जुन सुकै धर्म किन नहोस यसमा राष्ट्रले हस्तक्षेप हुनुहुदैन । नेपाल धर्म निरपेक्ष रहेको सन्दर्भमा सबैले आ–आफ्नो धर्म निर्बिबाद मान्न पाउन भन्ने नै हो । त्यसैले सिँगो नेपाली जनताको प्रतिनिधित्व गर्ने एमालेले धर्म निरपेक्षताको बिरुद्ध कसैले धमिलो पानीमा माछा मार्न खोजे त्यसको विरुद्ध कडा रुपमा प्रस्तुत हुने स्पष्ट छ ।

-इजरायलको लागि नवनियुक्त महामहिम निराजन थापासंग के अपेक्षा गर्न सकिन्छ र वहालाई के सन्देश दिन चाहनु हुन्छ ?

=नेपाल र इजरायलको सम्बन्धलाई दह्रो बनाउदै इजरायललाई रोजगारीको गन्तव्य मुलुकको रुपमा बढाउने काम गरे अति राम्रो हुने सुझाब महामहिम राजदुतलाई भन्नु चाहन्छु । यहाँको रेमिटेन्सलाई बैंकिंग माध्यमबाट नेपाल पठाउने सहज तरिकालाई कसरी अपनाउने भन्ने तर्फ वहाको ध्यान्याकर्षण गर्न चाहन्छु । निर्बाचन अायोगले फोटो सहितको मतदातासूची अद्यावधिक गर्ने बेलामा हामी प्रबासमा रहेको अवस्था र प्रबासमै रहेर अद्यावधिक गर्ने गराउने कुनै बिकल्प नपाउंदा हामी धेरै प्रबासी नेपाली (नागरिक)हरूको हालै सम्पन्न स्थानिय निकायहरूको चुनावमा मतदाता सूचिमा नामै काटिन (नरहन) गएको तितो र मार्मिक दुरावस्थाबाट हामी भर्खरै गुज्रियाैं । जो अाफ्नो गृहजिल्लामा स्थानिय चुनाव भैरहेका बेला नेपालमै पुगेको भएता पनि मतदान (को अधिकार) बाटै बञ्चित हुन पुगें (मतदाता सूचीबाट नामै हटार्इएको हुंदा) ।

अब फेरी निकट भबिश्यमै प्रदेश र सांसदहरूको चुनाव हुन गैरहेको र निर्बाचन अायोगले अति छोटो समय साउन १-१५ गते तदनुसार यही जुलार्इ १६-३० तारिख सम्म पुनः मतदाता सूची अद्यावधिक गर्न लागेको र सो का लागि अा अाफ्नो गृह जिल्ला नै पुग्नुपर्ने भएकाले फेरी पनि हामी लाखाैं प्रबासी नेपालीहरू बिशेषतः बैदेशिक रोजगाररत नेपाली कामदारहरू जो संग नेपाली नागरिकता र नेपाली पासपोर्ट छ, बालिग र हर दृष्टीमा सुयोग्य र अधिकार सम्पन्न भएर पनि मतदानबाट बञ्चित रहंदै अाएका छाैं, हाम्रा लागि कमसेकम अब हुने चुनावहरूमा हाम्रो मताधिकार सुरक्षित गर्नका लागि नेपालको सम्बन्धित सरकारी निकाय संग संस्थाका तर्फबाट गम्भीर वार्ता गरी बिदेश स्थित नेपाली नियोगहरूबाटै फोटो सहितको मतदाता सूची अद्यावधिक गर्न पाउनु पर्ने र बिदेशबाटै मतदान समेत गर्न पाउनुपर्ने अधिकार र सुविधा सुनिश्चित पारिदिनुहुन अनुरोध छ ।

अाफ्नो मुलुकको शासन कुन पार्टी र कस्ता ब्यक्तिहरूले गर्ने भन्ने बारेमा हाम्रो मत पनि प्रयोग गर्न पाउनै पर्दछ । हाम्रो नोट चल्ने तर भोट नचल्ने माैजुदा प्रथा र प्रावधानमा समय छंदै सुधार होस, यसका लागि नेपाली राजदूतावालाई ध्यान्याकर्षण होस् |

प्रवासी नेपालीलाई पनि नेपालको चुनावमा भाग लिनसक्ने ब्यबस्थातर्फ वहाले गर्न सक्ने कदमलाई अगाडी बढाउनु साथै हामीले सिकेको सिप ज्ञान र पुजीलाई नेपालको हितमा प्रयोग गराउने वातावरण निर्माण गराउन पहल गर्नुहोस भन्ने तर्फ ध्यान्याकर्षण गराउन चाहन्छु ।

-अन्त्यमा तपाइलाई भन्नु मनलागेको केहि कुरा भए राख्दिनुस ?

=मेरो केहि भनाइ र प्रवासी मंच नेपालको गतिबिधि राख्ने मौका दिनु भएकोमा पानाखबरलाई हार्दिक धन्यबाद साथै हार्दिक आभार प्रकट गर्दछु |
अनेकतामा एकता प्रवासी नेपालीहरुको आबस्यकता भन्ने मुल नाराको साथ हामी इजराइलमा एकता आपसी सदभाव भाइचारको पहल कदमी लिइरहेका छौं ।
हामी नेपालीहरुले मनाउने राष्ट्र पर्वहरु हामी फुटेर हैन जुटेर एकताको सन्देश प्रवाह गर्दै मनाउने भनी आउँदै गरेको हरितालीका तिज एक भएर मनाउन हाम्रो प्रयास लामो समयको रस्साकस्सी पश्चात अन्तत इजरायलमा रहेका संघ संस्थाहरुले यो बर्षको हरितालिका तीज एउटै मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाउने भएका छौ ।सामाजिक, राजनितिक, क्षेत्रिय र जातिय गरी करिव ४ दर्जन वढि नेपाली संघ संस्थाहरु रहेको इजरायलमा सम्पूर्ण संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपालका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितमा हरितालिका तीज २०७४ मनाउन लागिएको हो ।सम्पूर्ण संघ संस्था एकजुट हुदै तयारीको अन्तिम चरणमा पुगेका छौं ।यो सामुहिक एकताको सन्देश प्रवाह गर्न यस महान हाम्रो कार्यमा सहभागी हुन सबै इजरायलवासी नेपालीहरुमा प्रबासी नेपाली मंच हार्दिक अनुरोध गर्दछु ।

शुक्रवार ,३० अषाढ २०७४

संबन्धित
सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo