चर्चित एसएसपीद्वय सर्वेन्द्र खनाल र रमेश खरेल सहित १५ जना डीआइजीमा बढुवा, पहिलो खनाल र दोस्रो खरेल

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस गरेको छ।


बढुवा सूचीको एक नम्बरमा सर्वेन्द्र खनाल पर्नुभएको छ। दोश्रो नम्बरमा एसएसपी रमेश खरेल, तेस्रोमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, छैठौंमा पुष्कल रेग्मी, सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, १०औँ ज्ञान विक्रम शाह, ११औँ ठूले राई, १२ औँ शरद चन्द, १३ औँ धिरु बस्नेत, १४ औँ पुष्पचन्द्र रञ्जित र १५ औंमा सुरेश विक्रम शाह बढुवा सिफारिसमा पर्नुभएको छ।

त्यसतै प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ ।
अदालतमा डीआईजी नवराज सिलवालको मुद्दा विचाराधिन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई भने बढुवा सूचीमा छुटाएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ।
सिफारिस सूची अनुसार नम्बर क्रम अनुसार पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रो जयबहादुर चन्द, तेस्रो देबेन्द्र सुवेदी, चौथो पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौं माधव जोशी, सातौं विजयलाल कायस्थ, आठौं कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट हुनुहुन्छ ।

३१ अषाढ २०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo