यो देश खाएर फुटन मात्र वाँकी रहेको भुँडीहरु कत्ति धेरै ! यो भिडियोले सबैलाई नै रुवायो

नालीमा खसेकी सत्या, खिच्ने र वचाउनेहरु, एक अर्कालाई दोष–बाटोको चाही विजोग

काठमान्डौका धेरै जसो खाने पानी पाइपहरु वीर सम्सेरको पालोमा राखिएको रहे छ अर्थात् १२० बर्ष भन्दा अघि

सामाखुसीको नालीमा बगेकी सत्या मात्र होईन बचाउने बि बि लाल र भिडियो खिच्ने सुशीलालाई पनि भेट्यौ आज। अनि देशको बजेट खाएर फुट्न मात्र वाँकी रहेको भुडिहरु कत्ति धेरै ?

यो दृश्यले देशलाई नै रुवायो (भिडियो) :

हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

यो चलेको रित । सामान्य लागे पनि यसभित्रका गहिरा पाटाले चसक्क घोच्छ कहिलेकाँही । यसैरि नै घोच्यो हिजो बेलुकी पनि । आफैले दिएको मतको धेरै सम्झना भयो ।

शुक्रबार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै थियो । समृद्ध, सुरक्षित र जीवन्त शहर, स्वच्छ र सुन्दर, काठमाडौं महानगर । वा क्या वात । यस्तो पो त । त्यही सुन्दर नाराको सुन्दरतामा महानगरका हिमायती छलफल गर्दै थिए । भाषण गर्दै थिए ।

‘सडकमा पैदल यात्रीलाई प्राथमिकतामा राखिनेछ, भित्री सडक पैदलयात्रीमैत्री बनाइनेछ, सडकको चौडाइ अनुसार प्रत्येक बाटोमा फुटपाथलाई प्राथमिकता दिइनेछ ।’ यो काठमाडौं महानगरमा गरिने भनेर शुक्रबार सार्वजनिक गरिएको धेरै काममध्येको एउटा हो ।  यो त्यति ठूलो कुरा पनि होइन । समग्रमा सडक सुधारको सामान्य योजना । यता यस्तो योजना बनिरहँदा काठमाडौं सामाखुशी क्षेत्रमा मुसलधारे वर्षा भइरहेको थियो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समयमा भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो । बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा सामाखुशी सडकमा एउटी छात्रा खाल्डोमा पसिन् । धन्न उनको ज्यान जोगियो । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।उज्यालोअनलाइनबाट

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo