इजरायलमा गगनले भने -मलाई गरिब नेपालको प्रधानमन्त्री बन्नुभन्दा सम्वृद्ध नेपालको सामान्य नागरिक हुनुमा गर्व हुनेछ

– राम ढुंगाना 

इजरायल,तेलअभिव : नेपाली जनसम्पर्क समिति इजरायलको प्रथम बार्षिकोत्सव  १४ तारिख शुक्रबार  तेलअभिबमा सम्पन्न भयो।
उक्त अवसरमा आयोजना गरिएको कार्यक्रमलाई नेपाल देखि आएका नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा र अर्का चर्चित केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सम्बोधन गरे।

कार्यक्रममा इजरायलमा रहेका बिभिन्न राजनीतिक पार्टिहरुका  प्रवासी संगठन र संघ-संस्थाका प्रतिनिधिहरुले आफ्नो जिज्ञासा र प्रश्न सोधेका थिए।
उनीहरुले बिदेशमा आफुले भोग्नु परेको समस्या,नेपालमा संक्रमणकाल हटेर छिटोभन्दा छिटो राजनितिक स्थिरता कायम होस् र आफुले बिदेशमा रहँदा कमाएको धेरथोर पैसा आफ्नै देशमा लगानी गर्ने वातावरण बनोस्,त्यसमा काम गर्न नेताद्वयलाई आग्रह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता गगन थापाले प्रवासमा रहेका नेपालीहरुको समस्याले आफुलाई छुने गरेको र घर-परिवार देखि टाडा रहनुपर्दाको उनीहरुको पिडा आफुले महसुश गर्न सक्ने बताए। गगनले बिभिन्न किसिमका लडाई भइरहने देश इजरायलले गरेको चामत्कारिक बिकाशले नेपाललाई गिज्याइरहेको जस्तो आफुलाई लागेको र नेपाल भन्दा धेरै ठुलो द्वन्दको मार खेपेको श्रीलंकाको भ्रमणमा जाँदा त्यहाँको विकाश र प्रगति देखेर आफुलाई लोभ लागेको बताए। साथैँ उनले नेपाललाई सिंगापुर,स्विजरल्याण्ड बनाउँछु भनेर सपना देख्नुको सट्टा पहिला श्रीलंका जस्तो बनाउनुपर्ने बताए।

थापाले नेपाल भित्र भारत र चीन दुबैले खेल्ने कुरा कुनैपनि नेपालीहरुलाई मान्य नभएको बताए।चुनाबमा हारजित सामान्य कुरा भएको बताउँदै प्रजातान्त्रिक पद्धतिमा जितहार सामान्य कुरा भएको र पार्टि ठुलो सानो हुने क्रम चलिरहने र जुनसुकै पार्टिका नेता चाँहे त्यो,कांग्रेसका देउबा हुन् या एमालेका ओली र माओबादि केन्द्रका प्रचण्ड हुन्,भारतसँगको सम्बन्ध उस्तैँ रहने उनीहरुले देश हित बिपरित कुनै काम र सम्झौता नगर्ने र आफ्नो देशको प्रधानमन्त्री प्रति जनताहरुको विश्वास हुनुपर्ने र प्रधानमन्त्री शेरबहादुर देउबा प्रति नेपाली जनताहरुको बिश्वास रहेको बताए।

हाल देशमा युवापुस्ता जो,पाखुरा खियाउँन सक्छन्,उनीहरुको संख्या धेरै रहेको र आश्रितहरुको संख्या थोरै रहेको भन्दै, यो समयमा युवा पुस्ताबाट बढि भन्दा बढि फाइदा उठाउँन पर्ने र यतिबेला नेपालमा युवाहरुको संख्या धेरै रहेकोले नेपाललाई जवानी चढेको छ। यो जवानी सधैँ रहिरहदैन अबको अठार-बिस बर्षपछि ठिक उल्टो हुने र काम गर्न सक्ने युवाहरुको संख्या घट्दै जाने भएकाले १८-२० बर्षमा नेपालले चमत्कार गर्नुपर्ने बताए।

अबको दश बर्ष लगातार नेपालको आर्थिक बृद्धिदर दश प्रतिशत कायम रहनुपर्ने र यो नेपालले गर्नैपर्ने बाध्यता छ। तिनै चरणको निर्बाचन सक्किएपछि देशमा संक्रमणकालको अन्त्य भई जुनसुकै पार्टिको सरकार भएपनि त्यसको एउटै एजेन्डा नेपालीलाई धेरै रोजगारको सिर्जना गर्नसक्ने हुनपर्ने र उधोग,धन्दा खोल्नको लागी विश्वभरका लगानीकर्ता नेपालमा लगानीको  लागी खुल्ला आव्हान गर्नेपर्ने थापाले बताए।

थापाले नेपालको नाजुक अर्थतन्त्रको बारेमा चिन्ता प्रकट गर्दै कृषि प्रधान देश भएपनि नेपालमा कृषि क्षेत्र फस्टाउँन नसकेको भन्दै कृषिमा प्रविधि र आधुनिकिकरण गरिनुपर्ने र इजरायल भन्दा अर्को कुनैपनि देश नेपालको लागी सिक्ने देश नभएको सुझाब दिए।

देशले २०९० सालसम्म बिकाशमा फड्को मार्नैपर्छ भन्दैँ त्यो समयमा आफुलाई सभासद,मन्त्री र प्रधानमन्त्री बन्नुपर्ने भन्दै शुभेच्छा दिनेहरु प्रति धन्यबाद दिदैं गगनले  भने-मलाई गरिब नेपालको प्रधानमन्त्री बन्नुभन्दा सम्बृद्ध नेपालको सामान्य नागरिक हुनुमा गर्व  छ।

हेरौं भिडियो 

प्रकाशित मिति :  साउन १ आइतबार-२०७४ 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo