५२ बर्षिय विलियम्सले एक घन्टामा २५०० पटक पुसअप गर्दै बनाए विश्व रेकर्ड (भिडियो सहित)

तपाई सामान्यतः कतिपटक पुसअप गर्न सक्नुहुन्छ,पचास,सय या बढिमा ५०० पटक सम्म ? तर अस्ट्रेलियाका ५२ बर्षिय कार्टन विलियम्सले एक घण्टामा २५०० भन्दा धेरै पटक पुसअप गर्दै विश्व रेकर्ड बनाएर गिनिज वुकमा आफ्नो नाम लेखाएका छन्।

विलियम्सले यस अघिको आफ्नै रेकर्ड तोड्दै फेरी नयाँ विश्व रेकर्ड बनाएका हुन्। २०१५ मा उनले एक घण्टामा २२२० पटक पुसअप गरेर रेकर्ड राखेका थिए।

यस पटक उनले एक घण्टामा २६८२ पटक पुसअप गरेका थिए।

विलियम्स अस्ट्रेलियाको एक कन्सट्रक्सन कम्पनीमा काम गर्छन्। उनको रेकर्डलाई लिएर मानिसहरुले सामाजिक संजालमा धेरै तारिफ गरेका छन्।

भिडियो हेर्नुहोस् 

प्रकाशित : साउन १ आइतबार-२०७४ 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo