चुनाबमा खर्च नभएको १० करोड रुपैया कहाँ गयो भन्दै व्यापक खोजि हुदै माओबादी बैठकमा खैलाबैला

नेकपा माओवादी केन्द्रका नेताहरु स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा भोगेको पराजयको कारण खोज्न जुटेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा जिल्ला इन्चार्जहरु शिर्ष नेतृत्व प्रति आक्रोश पोख्ने तयारीका साथ बैठकमा पुगेका छन् ।

पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले ८४ तहमा मात्रै जित हासिल गरेको छ ।
शिर्ष नेतृत्व संगठनमा भन्दा सत्तामा केन्द्रित रहेको,पार्टीको साधन र स्रोत समानुपातिक ढंगले वितरण नगरेको,शिर्ष नेतृत्वले गाउँ र नगर समितिलाई प्राथमिकता नदिएको जस्ता आरोप लगाउने योजना जिल्ला इन्चार्जहरुले बनाएका छन् ।

एक इन्चार्जका अनुसार निर्वाचनमा भोगेको पराजयको समीक्षा गरी आगामी कार्यक्रम नल्याएको अवस्थामा पार्टीलाई बचाई राख्न संभव छैन । ‘निर्वाचनमा जित्ने र हार्ने दुवैका लागि कार्यक्रम चाहिएको छ,तिनका लागि शिर्ष नेतृत्वले के कार्यक्रम ल्याउँछ ?’ ती इन्चार्जले भने ।

निर्वाचन प्रचारका लागि प्रचार विभागले लिएको १० करोड रुपैयाका बिषय पनि बैठकमा जोडदार रुपमा उठने भएको छ । सो रकम मध्ये १० लाख रुपैया पनि निर्वाचन प्रचारमा खर्च नभएको आरोप नेताहरुले लगाएका छन् । ‘बाँकी पैसा कहाँ गयो ?’

अर्का एक नेताले भने ‘एकातिर गाउँमा कार्यकर्ताहरु ऋणमा डुब्ने,नेताहरु पार्टीको पैसामा मस्ती गर्ने ? यो हुन सक्दैन ।’ एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रचारका लागि भनेर प्रवक्ता पम्फा भुसाललाई १० करोड रुपैया दिनु भएको थियो ।

जिल्ला इन्चार्जसहितको केन्द्रीय सचिवालयको बैठकमा निर्वाचनको समीक्षा,आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको निर्वाचनको तयारी र संगठनात्मक बिषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

अन्नपुर्णपोस्टबाट

२ साउन २०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo