यसरि भयो साझा र विवेकशीलबीच एकता घोषणा : पार्टी एकतासंगै रवीन्द्र मिश्र, उज्वल थापाले मन छुने भाषण गरे (भिडियोसहित)

काठमाण्डौ, ११ साउन ।वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पका रुपमा हेरिएका  साझा पार्टी र विवेकशील नेपाल दल बुधवार एकीकरण भएका छन् । एकिकरण पछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । स्थानिय तह निर्वाचनका क्रममा दुवै पार्टी वैकल्पिक रुपमा देखिएकाले उनीहरु बिच एकिकरणको लागि दवाव पर्दै आएको थियो ।

समितिमा दुई सहसंयोजक रहने ब्यवस्था गरीएको छ । साझा पार्टीका रवीन्द्र मिश्र र विवेकिशील दलका उज्वलबहादुर थापा दुवैजना सहसंयोजक रहने बुधवार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पार्टीका बैठहरुको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन् भन अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहने सहमति भएको छ ।पार्टी एकीकरण गरीएको भए पनि पार्टीले प्रयोग गरेको लोगो भने परिवर्तन गरिएको छैन । हाल साझा पार्टीले प्रयोग गरिरहेको तराजु नयाँ पार्टीको चुनाब चिन्ह रहनेछ । सम्झौताअनुसार दुवै पार्टीबाट १७र१७ गरी ३४ जनाको केन्द्रीय समिति गठन गरिएको छ ।

नयाँ पार्टीमा प्रत्येक प्रदेशबाट कम्तिमा १र१ जना प्रदेश संयोजक रहनेगरी ७ जना सदस्य केन्द्रीय समितिमा रहनेछन् । केन्द्रीय समिति विस्तार गरी महाधिवेशनसम्ममा ५१ जनासम्म र्पुयाउन सकिने व्यवस्था गरिएको बताइएको छ ।पार्टी सञ्चालनका लागि दुवै पार्टीबाट ४(४ जना रहेनगरी एउटा संयोजन समिति निर्माण गरिएको छ। समितिमा दुई सहसंयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनेछन्।

थप केन्द्रीय सदस्यहरुमा अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईं, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभित परियार र ज्ञानेन्द्र निरौला छन्। बाँकी ४ जना केन्द्रीय सदस्य पछि थपिने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकिकरणको जानकारी गराउन गरीएको पत्रकार सम्मेलनमा वितरीत प्रेस बक्तब्यमा भनिएको छ ’आम सर्वसाधारणले रुपान्तरणकारी सुसंस्कृत वैकल्पिक राजनीतिको लागि आशाका साथ हेरेका दुई पार्टीबीच एकीकरण भएबाट हामी अत्यन्तै उत्साही र आशावादी भएका छौं’, पार्टी एकीकरणबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ’हाम्रो एकता हेर्न चाहने सम्पूर्ण शुभेच्छुक तथा यस एकता प्रक्रियामा सघाउने नागरिक समाजका सदस्यहरुप्रति हामी आभार प्रकट गर्न चाहन्छौं।’

पहिलो चरणको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा दुवै दलले राम्रो प्रदर्शन गरेका दुवै दललाई एकीकृत हुन दबाब पर्दै आएको थियो। ललितपुर महानगरमा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले प्रतिस्पर्धी मत पाएका थिए। दोस्रो चरणको स्थानीय चुनावमा भने उल्लेख प्रदर्शन नसकेको अवस्थामा दुवै पार्टी एकीकरण भएका हुन्।

हेरौं भिडियो 

प्रकाशित :साउन ११ बुधबार-२०७४ 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo