झापाकी चर्चित संचारकर्मी प्रजिताले ‘दुईओटा बुढा’.. ल्याए पछि यसरी भाइरल नै भईन, हेर्नुस भिडियो

झापा दमककी संचारकर्मी तथा गायिका प्रजिता दंगालले तीज पर्वलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । हरेक वर्ष तीजमा बर्तालुलाई नयाँ उपहार पस्किने क्रममा यसवर्ष पनि गायिका दंगालले नयाँ तीजको गीत ल्याएकी हुन् ।

सार्वजनिक उक्त गीतमा हास्य टेलिश्रूङ्खला दोबाटेमा अभिनय गर्ने कलाकारको नै मुख्य अभिनय रहेको छ । हरेन्द्र खत्रीद्धारा निर्देशित गितमा हरेन्द्र,रुबिना,लक्ष्मणा र किरणको मुख्य अभिनय हरेको छ । कपिल प्रसाद दंगालले निर्माण गरेको सो गितमा हेमन योञ्जनले सम्पादन गरेका हुन ।

पुर्बको सुन्दर स्थल ईटहरीमा सुमन योञ्जनको टिमले छायाङ्कन गरिएको दुईटा बुढा’ बोलको गीतले नेपाली समाजको यथार्थतालाई चित्रण गर्ने प्रयास गरिएको छ ।

‘दुईओटा बुढा आटुआटु लाग्छ’ बोलको प्रजिताको गीत यु–ट्युवमा धेरैले रुचाइदिएको छ । शब्द र स्वर प्रजिताकै रहेको उक्त गीतमा पुष्कर सुनुवारले संगित दिएका छन् । भिडियोको निर्देशन हरेन्द्र खत्रीले गरेका छन् ।

 

हेनुस् चर्चा कमाऊदै गरेको उक्त गीतको यो भिडियो

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu