भारतले अहिलेकै गतिमा नेपाली भूमि मिच्ने क्रम जारी राखे नेपाल नै नरहने खतरा: सिमाबिद श्रेष्ठ (भिडियो)

सिमा जोगाउनमा जंगबहादुर जस्तो राष्ट्रप्रेमी सरकारप्रमुख आजसम्म कोहि जन्मिएन्न
भारतले मात्रै होइन चीनले पनि नेपालको सिमा धेरै ठाउमा मिचेको छ भन्दै सप्रमाण बोल्दैछन् सिमाबिद श्रेष्ठ

बरिष्ठ सिमाबिद बुद्धिनारायण श्रेष्ठले आफ्नु आठौ पुस्तक बजारमा ल्याएका छन् जहाँ  उनले  आजसम्म सिमाना मिचिएको सबै इतिहास सप्रमाण लेखेका छन् सो पुस्तकमा ।

राजनैतिककोणबाट जंगबहादुर जतिनै क्रूर ब्यक्ति भए  पनि सिमा रक्षकको हिसाबले  जंगबहादुर जतिको राष्ट्रबादी र देशप्रेमी सरकारप्रमुख  आजसम्म कोहि  नजन्मिएको  ठोकुवा  गर्दै छन् श्रेष्ठ ।

सिमा जस्तो  महत्वपूर्ण  बिषयलाई  नेपालको  दलाली नेतृत्वको दलाली राष्ट्रवादले खेलबाड गर्दा सिंगो  देशको अस्तित्व नै खतरामा पारेको छ ।

सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठले आफ्नो सीमाको रक्षाका लागि प्रजातन्त्र पुर्नस्थापनापछि बनेका कुनै पनि प्रधानमन्त्रीले पहल नगरेको बताएका छन्।

सीमा सम्बन्धी कृति ‘जङ्गे बुद्धे’ विमोचन कार्यक्रममा डा. श्रेष्ठले प्रजातन्त्र पुनर्स्थापनापछि बनेका कुनै पनि प्रधानमन्त्रीले सीमा मिचिएको बारेमा पत्र लेख्ने हिम्मत नगर्दा भारतले नेपाली भूमि मिच्ने क्रम बढेको बताए।

उनले भारतले अहिलेकै गतिमा नेपाली भूमि मिच्ने क्रमलाई निरन्तरता दिए नेपाल नै नरहने खतरा औंल्याए।

आफ्नो सीमाको रक्षा गर्ने सवालमा जङ्गबहादुर राणा जतिको राष्ट्रवादी प्रधानमन्त्री कोही पनि नरहेको तथ्य सीमाको अध्ययनबाट देखिने उनले दावी गरे।

उनले सुगौली सन्धीपछि नेपालको क्षेत्रफल १ लाख ३७ हजार ९ सय ७४ वर्ग किलोमिटरमा सीमित भएकामा जङ्गबहादुरको अडानका कारण ९ हजार २ सय ७ किलोमिटर थप भएको बताए।

सीमाविद् डा. श्रेष्ठको सीमा सम्बन्धी आठौं कृति ‘जङ्गे बुद्धे’ मा सीमाको रक्षाका लागि राणा प्रधानमन्त्री जङ्गबहादुरले निर्वाह गरेको भूमिकादेखि सीमा सम्बन्धमा अभिव्यक्ति दिने १ सय ३६ जनाको नाम समावेश गरिएको छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र प्राध्यापक डा. अभि सुवेदीले श्रेष्ठको पुस्तक सार्वजनिक गरेका हुन्। ४ सय ६४ पृष्ठ लामो पुस्तक मकालु प्रकाशन गृहले २०७३ सालमा प्रकाशन गरेको हो।

हेर्नुस भिडियो 

संबन्धित
सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo