ओलीलाई तपाई कसरी राष्ट्रवादी भनेर प्रश्न गरेपछि ओली अक्क न बक्क (भिडियोसहित)

प्रश्न थियोः भारतीय दुतावासले नेपालको जुनसुकै ठाऊंमा स्वविवेकले ५ करोडसम्म लगानी गर्न पाउंछ । यसका कारण दुतावास समानान्तर सरकार भइरहेको छ ।

राष्ट्रवादी तपाई प्रधानमन्त्री हुँदा दुतावासलाई दिइएको अधिकार फिर्ता लिनुको साटो तपाई संरक्षक रहेको मदन भण्डारी फाउण्डेशनले दुतावासबाट करोडौं लियो । तपाईको राष्ट्रवाद के हो ?

ओलीले धेरै प्रश्नलाई भकुण्डो उडाएजस्तो उडाइरहेका थिए ।

हस्यौली पारामा विपक्षीलाई दनक दिंदै उनि प्रश्नोत्तरमा रमाइरहेका थिए । कार्यक्रमको अन्त्यतिर गरिएको यो प्रश्नको उत्तरमा उनी नरम देखिए ।

उनले भने, ‘कहाँको राष्ट्रवादीको कुरा कहाँको दुतावासको लगानीको कुरा । नाकावन्दी थियो । विषय अन्तै केन्द्रीत भयो ।

सबै कुरा एकैपटक हुंदैन ।’ओली संरक्षक रहेको, राष्ट्रपति विद्या भण्डारी संस्थापक तथा राष्ट्रपतिपुत्री उषाकिरण वर्तमान अध्यक्ष रहेको मदन भण्डारी फाउण्डेशनले दुतावासबाट लिएको भनिएको करोडौं रकमका बारे ओलीले केही उच्चारण गरेनन् ।

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo