रेखा थापा र आर्यन सिग्देल ८ बर्ष पछि ‘रुद्र प्रिया’ मुभीमा जोडदार कमब्याक [हेर्नुहोस भिडियो ]

रेखा थापाको सिनेमा ‘रुद्र प्रिया’मा समावेश गीत ‘मेरो माया छ भने‘ को भिडियो सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द र संगीतमा तयार भएको यस गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको आवाज छ । ग्रिष्मा राजनराजकी छोरी हुन् ।
आर्यन सिग्देल र रेखा थापाको मुख्य भूमिका रहेको ‘रुद्र प्रिया’ कार्तिक २ गते लक्ष्मी पूजाको अवसर पारेर रिलिज हुँदैछ । गोर्खा र तनहुँका विभिन्न ठाउँमा छायाकंन गरिएको ‘रुद्र पिया’लाई सुदिप बोबी भुपाल सिंहले निर्देशन गरेका हुन् भने सरस्वती थापा र आर्यन फिल्मस्ले सयुंक्त रुपमा निर्माण गरेका हुन् ।

‘रुद्र प्रिया’ मार्फत ८ वर्षपछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देल पर्दामा कमब्याक गरेका हुन् । यस अघि यी दुईले सिनेमा किस्मत, हिफाजत जस्ता सिनेमामा काम गरिसकेका छन् । तर बीचमा सम्बन्ध बिग्रिएका कारण उनीहरुले कुनै पनि सिनेमामा काम गरेका थिएनन् । स्मरण रहोस् आर्यनले छविराज फिल्मस्को सिनेमा ‘किस्मत’बाट सिने नगरीमा डेब्यु गरेका हुन् ।

Starting: Rekha Thapa,Aryan Sigdel,Rajan Ishan
Music: Suresh Adhikari,Arjun Pokhrel,Rajanraj Shiwakoti

Story/Screenplay: Sudeep Bobbie Bhupal Singh,Ruby Sen Singh
Produced By: Saraswati Thapa/Aryan Films

Ex. Producer: Ramesh MK Poudel
Directed By: Sudeep Bobbie Bhupal Singh

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu