गाईले उत्पादन गर्ने ब्‍याक्टरियायुक्त एन्टीबडीजले एड्स रोग निको पार्ने वैज्ञानिक पुष्टि (भिडियो)

गाईको एन्टीबडीजबाट एचआइभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म निको पार्ने !

एचआइभी एड्स रोग संसारमा खतरनाक रोगको सूचीको परेको सबैलाई थाहै छ।यसको औषधि पत्ता पाउन निक्‍कै मुश्किल हुन्छ। तर अमेरिकी शोधकर्ताहरुले भने एड्स रोगको उपचार गाईको पेटमा रहेको निष्कर्षमा पुगेका छन्।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार गाईले यस्तो ब्‍याक्टरियायुक्त एन्टीबडीज उत्पादन गर्दछ जसले एचआइभी एड्सलाई समेत नष्ट गरिदिन्छ। इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘ गाईमा धेरै कडा प्रकृतिको ब्‍याक्टेरियायुक्तपाँचन तन्त्र हुन्छ जसले प्रतिरक्षा प्रणालीभन्दा कैयौ गुणा विकसित हुन्छ। यसले एचआइभीको भाइरससँग भीडेर जित्‍न सक्छ।

यस्तै नेशनल इन्स्टिच्युट अफ एलर्सी एण्ड इन्फेक्सियस डिजिजका शोधकर्ताहरुले गाईको प्रतिरक्षा प्रणाली तीव्रगतिको रहेको र एचआइभीको भाइरसलाई सजिलै हराउन सक्‍ने दाबी गरेका छन्।

एक अनुसन्धाकर्ता डाक्टर डेभिन शोकले बीबीसीसँग भनेका छन्, ‘हामीले गाईको प्रतिरक्षा प्रणालीको परीक्षण सुरु गर्‍यौ। जब थाहा पायौ हामी नै चकित भयौ। यसको एन्डीबडीजमा हामीले कयौ गुणा धेरै प्रतिरक्षा प्रणाली भेट्यौ जसले एड्स निर्मूल पार्न महत्वपूर्ण भूमिका खेल्छ।’

यता, नेचर नामक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार गाईको एन्टीबडीजबाट एचआइभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म निको पार्न सक्छ। प्रयोगशाला परीक्षणमा पत्त लागे अनुसार ३८२ दिनमा यो एन्टीबडीज ९६ प्रतिशतसम्म एचआइभीलाई असर गर्न सक्छ।

अन्नपुर्णपोस्टबाट

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo