सबैलाई आवश्यक सुविधाहरु छिटै पुगोस भन्नका लागि यसै पटक नेतृत्व तहमा बसेर काम गर्न खोजेकी हुँ

सामाजिक संजाल मार्फत देशको राजनैतिक ,आर्थिक , सामाजिक , धार्मिक ,शैक्षिक , कला , आदि बिषयहरुमा आफ्नु धारणा राख्नु हुने एवं देशको ति बिषयहरुमा अध्ययन गरिरहनु भएको ब्यक्तिहरु सँग संवाद थाल्ने हाम्रो प्रयास हो ”पाना संवाद” । जसअन्तर्गत देश-परदेशमा रहेर बिभिन्न पेशा-ब्यबसाय गरेर बसिरहेका ब्यक्तिहरु जो-समाजलाई सकारात्मक बाटोमा हिडाउँन मार्गदर्शक बनिरहेको हुन्छ,त्यस्ता ब्यक्तिहरुको  बिचार र भाबना समाज,देशको हितमा हुन्छ, त्यस्ता ब्यक्तिहरुको बिचारहरुलाई प्रत्येक हप्ता शुक्रबार प्रकाशित हुने पानाखबरको ‘पाना संवाद‘ मा समेटने हाम्रो प्रयास ।

यसै क्रममा अहिले इजरायलमा एनआरनको चुनाबको माहोलले सबैलाई तताएको छ अनि एनआरएन इजरायलको २०१७-२०१९ को दुई बर्षे कार्यकालको लागी अध्यक्ष पदमा इजरायलवासी नेपालीहरु बीच बहुचर्चित रहेकी नीत खतिवडाले आफ्नु उम्मेदवारी दिएकी छिन । २६ अगष्टमा  हुने एनआरनको चुनाबको सन्दर्भपारेर  हाम्रो साप्ताहिक स्तम्भ पाना संवादको लागी    एनआरएन इजरायलको चुनाबी सेरोफेरोमा रहेर राम ढुंगानाले  सोधेका  प्रश्नहरुको जवाफ खातिवडाले यसरी दिएकि छिन :

-अफ्ठेरो परेको बेलामा मद्धतको लागी फोन गर्दा नउठाउँने भन्ने गुनासो छ । त्यस्तो गर्नुभएको हो र ?

म पनि यहाँ इजरायलमा केयर गिभर नै हुँ । मैले मेरो जिम्मेवारीको दैनिक काम पनि गरीरहेको छु । यस्तै अवस्था भएपनि कुनै नेपाली जेलमा परेको अथवा अदालतमा परेको मुद्दा फैसलामा जानु पर्ने मेरो उपस्थिति अनिवार्य भएको बखत समय निकाल्ने काम गर्दै आएकी छु । मेरो रेष्ट समयमा आएको फोन मेसेजहरुको रिप्लाई गरेकी छु । एदाकदा फोन रिसिभ भएनन् होला, म एक्लैले गर्नु पर्ने धेरै सहयोगमा फोन उठेन भने मलाई बुझ्ने साथिलाई विश्वाश दिलाउन चाहन्छु केहि कमीकमजोरी छन् भने आगामी दिनहरुमा सुधार्ने छु। एनआरएनको नेतृत्व लिएर काम गर्न पाएको खण्डमा टिम वोर्क  गरी सबैलाई सहयोग गर्ने र फोन रिसिभ हुने कुराको विश्वाश  दिलाउन चाहान्छु ।

कामदारहरुको हितको लागी तपाईको प्राथामिकतामा परेका मुख्य दुईवटा कामहरु बताइदिनुस् न ।

मैले यहाँ गरेका काम १,२, भनेर भन्नु भन्दा पनि धेरै नै व्यक्ति र उहाँहरुका समस्यामा साथ दिएकी छु । मलाई थाहा पनि हुन्न कस्लाई मैले कति सहयोग गरेकी थिए । उहाँहरुले नै सम्झेर धेरै पछि सम्म धन्यवाद भन्नु हुनछ । हाल सालै भएको राम्रो काम एक जना कियर गिभर उहाँ विरामी भएर नेपाल जानु भएको थियो २ बर्ष पछि मुद्दा बिमाबाट पैसा पाउनु भयो ।वकिल लगायत सबैको साथ सहयोग उहाँले पाउनु भयो ।

– एनआरएन इजरायलको अस्तित्व जोगाउँन र यसलाई आजको दिनसम्म ल्याई पुर्‍याउन छिरिङ लामा शेर्पाको महत्वपूर्ण भुमिका छ भन्ने कुरा सबैले स्वीकारेका छन्। एउटा इमान्दार व्यक्ति भनेर चिनिएका छिरिङलाई यो कार्यकालमा अध्यक्षमा समर्थन गर्दै तपाँई कुनै महत्वपूर्ण पदमा बसेर अर्को कार्यकालमा अध्यक्षको दावेदारी गर्दा हुन्थ्यो नि ?

छिरिङ्ग जी, असल सोझो व्यक्ति भएकै कारण एनआरएन इजरायलको अस्तित्व जोगाउँनु भयो त्यो कुरालाई स्वीकार्दै  अब म नेतृत्व तहमा बसेर   अझ सशक्त भएर काम गर्दै इतिहासकै नमूना राष्ट्रिय समन्वय बनाउने छु । राम्रो एजेण्डाहरु  लिएर काम गर्नेको लागि र सबैलाई सुविधाहरु छिटै पुगुन भन्नाका लागि यसै पटक नेतृत्व तहमा बसेर काम गर्न खोजेकी हुँ । नमूना बन्ने मेरो एजेण्डा लागु गर्न नेतृत्व तहमा रहेर सम्भव र मान्य  हुने कुराहरुको मनन हामी सबैले गर्न सक्छौ हैन र ?

– यसकारण म एनआरएनको नेतृत्वमा हुनुपर्छ भन्ने तपाईको दावेदारीको आधार बताईदिनोस् न ?

यस कारण एनआरएन मैले इजारयलको नेतृत्व तहमा काम गर्न पाउनु पर्छ किन भने म सँग नेपालीको हितका लागि सक्रिय भएर काम गरी समाज सेवाका क्षेत्रमा लागेर प्राप्त गरेका अनुभवलाई उपयोग गर्दै एनआरएनलाई स्पष्ट दिशामा अगाडी बढाउन र खास गरेर  यहाँ रहेका कुृनै पनि नेपालीले अन्याय सहनु नपरोस भनेर कानुनी लडाई लडनका लागि मैले नेतृत्व तहमा रहन दावेदारी गरेकी हुँ ।

थोरै नेपाली कामदारहरु रहेको इजरायलमा किन मिलेर जानसक्नु भएन ? पदको लागी होकि, तपाईको उम्मेदवारी साँच्चिकै नेपाली कामदारहरुको हितको लागी हो ?
मैले जवाफ पटक पटक दो¥याई रहेकी छुृ पदका लागि र नामका लागि हैन। इजरायलमा रहेका विभिन्न गैर नाफामूलक गैर सरकारी संस्थाहरुसँग पनि मैले काम गर्ने गरेको छु।आम श्रमिकका समस्यामा सकेको सहयोग गरेकी छु । मैले पदका लागि हैन यथार्थमा काम गरेर देखाउनका लागि र कामदारका हकहितका लागि आउन लागेकी हुँ ।

– आफ्नो बारेमा र तपाईले यसअघि गर्नुभएका राम्रा कामहरु बताइदिनुस् ।

आफ्ना बारेमा राम्रा कुरा गर्न पर्दा म कुनै पनि काम गर्न शुरु गरेर पछि जिम्मेवारी पूरा गरेरै छोड्छु । धैर्यता नै मेरो सफलता हो भन्दै काममा लागी पर्छु । मैले गरेका राम्रा कामहरु १,२,३ भनेर भन्नु भन्दा पनि समस्यामा पर्नु भएका नेपाली हामी कामदारहरुले अनुभव गर्नु भएको छ ।

प्रकाशित मिति : २७ साउन २०७४ ,शुक्रवार

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo