रवि लामिछानेले रेणु दाहाललाई भने – मतपत्र च्यातेकोमा जनतासँग माफी माग्नुस्

न्युज -२४ टेलिभिजनको चर्चित कार्यक्रम सिधा कुरा जनतासँग अहिले थुप्रै न्याय नपाएर अन्याय,अफ्ठ्यारो र आपतबिपदमा परेकाहरुको लागी मद्धत गर्ने भरपर्दो माध्यम बनेको छ।

यस कार्यक्रमका प्रस्तोता रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्।

रविले नेपालमा मात्रै होइन बिदेशमा समेत नेपालीहरुलाई ठग्ने र ठगी धन्दा चलाउँनेहरुलाई समेत छोडेका छैनन्। छोटो समयमै ईमान्दारीताका साथ जनताको पक्षमा काम गरेकाले रवि लामिछाने चर्चित त बनेका छन् नै उनी आफैँ देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।

कार्यक्रमको १०२ औं भागमा चितवनको भरतपुरमा मतपत्र माओबादिले मतपत्र च्यात्नु गलत भएको बताउँदै हालै महानगरपालिकाको मेयरमा निर्वाचित माओबादि उम्मेदवार रेणु दाहाललाई मतपत्र च्यातेकोमा माफी माग्नुपर्ने र जितको मातले मतपत्र च्यात्ने कामलाई लोकतन्त्रको हवाला दिइयो भने भरतपुरवासीको मन पनि च्यातिने बताए।
भरतपुरका मेयरमा माओबादि उम्मेदवार रेणु दाहाल सँग पराजित देवी ज्ञवालीका छोरा निरभले रेणु दाहाललाई गाली गरेकोमा माफी माग्न रविले देवी ज्ञवालीलाई पनि अनुरोध गरे।

कार्यक्रममा रविले अरु धेरै मुद्दाहरु पनि यस कार्यक्रममा उठाएका छन्,ओम शान्तिले जवरजस्ती लगेकी बृद्धा वेपत्ता, अजेय सुमार्गीको परिवारमा जातीय विभेद।

हेरौं भिडियो

प्रकाशित :साउन २१ शनिबार-२०७४ 

 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo