त्यसै सलमानलाई सबैले मन पराएका होइनन्, देखाए विशाल हृदय

सलमान खान फिल्ममा मात्रै होइन,वास्तविक जिवनमा पनि उनको विशाल हृदय छ भनिन्छ। आपत-विपतमा र अफ्ठेरोमा परेकाहरु लाई उनी हमेशा मद्धत गर्न अघि सर्छन्।

उनको पछिल्लो फिल्म ‘ट्युबलाइट’ ले बक्स अफिसमा अपेक्षा गरे अनुसारको धमाका मच्चाउन सकेन। फिल्म माथि वितरकहरुले धेरै पैसा लगाए। तर फिल्म फ्लप भयो र वितरकहरुलाई ठुलो नोक्सान भयो।

वितरकहरु लाई परेको नोक्सनाको सलमानले भरपाई गरिदिए। सलमानले नोक्सन भएको रकमको पचास प्रतिशत वितरकहरु लाई फिर्ता गरिदिए। वितरकहरुको समूहका प्रमुख ‘नेरेन्द्र हिरावत’ जसले ट्युबलाइट १३० करोड भारुमा किनेका थिए उनले सलमान खान सँग बिशेष भेटघाट गरे।

कबीर र सलमान खानको फिल्म ट्युबलाइट सुपरहिट हुने अपेक्षा गरिएको थियो। तर फिल्मले कमजोर शुरुवात मात्रै गरेन फिल्म नराम्रो सँग फ्लप भयो र वितरकहरु लाई समेत नराम्रो गरेर डुबायो।

सलमानको परिवारले मिलेर वितरकहरुलाई अन्यायमा पर्ने नदिने सहमति गर्दै उनीहरुलाई आफ्नो घरमै बोलाएर ५० प्रतिशत रकम व्यहोर्ने बताएका थिए।यसमा सलमानका बाबु सलिमले बिशेष भूमिका निभाएका थिए। सलिमले भने- वितरकहरुको नोक्सानको भरपाई हुनपर्छ,ताकी उनीहरु पनि खुशि रहुन्।

प्रकाशित : साउन २६ बिहिबार-२०७४ 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu