छातीमा दम छ भने अख्तियार प्रमुखज्यु, देश बर्वाद पार्ने नेताहरुलाई जेलमा कोचेर देशको उद्धार गर्नुस

कार्यकारी निर्देशक होस् त कुलमान जस्तो , बिजुलीको खम्बामा लडेर घाइते भएका एक गरिब व्यक्तिको सबै उपचार खर्च बिधुत प्राधिकरणले नै बेहोर्ने भन्दै कुलमानले दिए सबै नेपालीलाई महत्वपूर्ण सन्देश ।

सिधाकुरा जनतासंगको १०४ औ भागको शुरुवात नै आज रबि लामिछानेले शक्तिशाली संबैधानिक आयोग अख्तियारका प्रमुख  दिप बस्न्यातलाई ठाडो चुनौतिको भाषामा च्यानल मिलाएर यो देशलाई बर्वाद गर्ने नेपालका राजनैतिक दलका भ्रष्ट नेताहरुलाई जेल हालेर आफ्नु मातृभूमिप्रतिको कर्तब्य पुरा गर्न आग्रह गरेका छन् ।

अख्तियार प्रमुखले देशको भ्रष्टहरुलाई जेल हालेमा नेपालको टोल टोलमा अख्तियार प्रमुख दिप बस्न्यातको शालिक नै निर्माण गर्ने अभियानको नेतृत्व रबि आफैले गर्ने घोषणा गरेका छन्  ।

यो देशलाई बिगार्ने राजनैतिक दलको नेताहरुलाई जेल हाल्नको लागि अख्तियार प्रमुखले  केवल हिम्मत मात्रै गरे  एकै रातमा यो काम गर्न सक्छन अनि यति गरेको भोलि पल्ट देखि नै नेपालमा सुशासनको युग शुरु हुने र भ्रष्ट हरुको बिगबिगी समाप्त हुने रविको दावी छ  ।

यो देशको प्रधानमन्त्री  या अख्तियार प्रमुखले चाहेमा भ्रष्टाचारीहरुलाई एकै रातमा खोरमा हाल्न सक्छन तर त्यको लागि छातीमा दम र देशप्रति माया र  निष्ठा हुनु पर्ने रविको आशय देखिन्छ   ।

भारेभुरे भ्रष्टचारीलाई मात्रै समातेर अख्तियार प्रमुखले आफ्नु कर्तब्य पुरा गरेको नठहर्ने हुदा ठुला भ्रष्टहरुलाई समाउन नै पर्छ , अख्तियार प्रमुखले कि त डरले कि त आफै भ्रष्टहरुसंग मिलेको या आफैले पनि भ्रष्टाचार गरेकोले गर्दा ठुलो नेताहरुलाई अख्तियार प्रमुख बस्न्यातले समाउन नसकेको हो कि भने संकेत पनि गरेका छन्  ।

रविले नेपालमा मात्रै होइन बिदेशमा समेत नेपालीहरुलाई ठग्ने र ठगी धन्दा चलाउँनेहरुलाई समेत छोडेका छैनन्। छोटो समयमै ईमान्दारीताका साथ जनताको पक्षमा काम गरेकाले रवि लामिछाने चर्चित त बनेका छन् नै उनी आफैँ देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।

रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्।

 

===आजको १०४  औं भागका बिशेषताहरु ====

करेन्ट लागि छटपटाएको भिडियो भाईरल, सुचना अधिकारीले दिए भ्रष्ट्राचारको सुचना

कस्तो विभत्स दृश्य!! राज्यले गरेको लापरवाहीमा जनताको ज्यान जोखिममा छ।

आज कुलमान घिसिगंसँग बेग्लै विषयमा कुरा गरिएको छ।

सरकारले मान्यता खारेज गरेको कलेज अझै विज्ञापन छाप्दै विध्यार्थी भर्ना लिदैछ।

आजको चर्का चर्कीले रविको घाँटी नै बसेको रबिकै भनाई ।

हेर्नुस आजको दमदार भिडियो  रविले सिधै अख्तियारप्रमुखलाई दिए ठाडो चुनौती 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu