करिना आफ्नो छोरालाई छोडेर एकपल पनि टाडा हुन चाहन्नन्

करिना कपुर खान गएको डिसेम्बरमा आमा बनेकी हुन्। त्यतिबेला देखि करिना र उनका छोरा ‘तैमूर’ सँगसंगै छन्। आमा बनेपछि ह्वात्तै बढेको तौल घटाउन करिना जिम धाउन थालेकी छिन् उनी पहिलाको जस्तैं फिट देखिन चाहान्छिन्।

आमा बनेपछि फिल्म नखेलेकी करिना अब भने फिल्म खेल्न चाँहान्छिन्, तर छोरा ‘तैमूर’ ले गर्दा करिनालाई अफ्ठ्यारो परिरहेको छ।

करिना आफ्नो छोरा भन्दा एकपल पनि टाडा रहन चाहान्नन् र उनी आफ्नो छोराको बाल्यकाल पनि गुमाउन चाहदिनन्।

एक अन्तरवार्तामा करिनाले भनिन्- ‘म छोरा भन्दा टाडा रहनै सक्दिन,उसको बाल्यकालको हरेक क्षणको आनन्द उठाउन चाँहान्छु। उस्तैँ परे म छोरालाई पनि फिल्मको सुटिङमा लिएर जान्छु।’

प्रकाशित : साउन २७ शुक्रबार-२०७४ 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo