सेक्सको चाहना कति हुन्छ तर नियन्त्रण गर्छु, मेरो ब्वाईफ्रेन्ड छैन: रेणुका थापा (भिडियो)

राम्रो कभर डान्सलाई एक लाख दिन्छु (भिडियोसहित)

रेणुका थापा पेशाले नर्स हुन् तर उनमा संगीतको भूत सवार छ । गीत राम्रो गाउँछिन् । अभ्यास गर्दै जाँदा स्वरमा निखार नआउने पनि होइन ।

तर उनलाई संगीत नै करिअर बनाएर अगाडि बढ्न भने त्यति रुची छैन । पेशा आफ्नो ठाउँमा छँदैछ, संगीतलाई साधनको हिसाबले मात्रै अगाडि बढाउने उनको सोच छ ।

काठमाडौं तीनकुनेकी रेणुकाको उचाई विदेशी मोडलको झै छ । हिस्सी परेकी काली रेणुका रियल र रिल दुवै आयाममा सुन्दर पनि छिन् ।

‘तिम्रो मायामा’ बोलको गीत हालै उनले बजारमा ल्याएकी छन् । यसअघि उनका अरु दुई गीत सार्वजनिक भइसकेका छन् ।

मिठो स्वर, सुन्दर अनुहार र जिउडालकी धनी रेणुकोको प्लस पोइन्ट के छ भने उनी शब्द र संगीत पनि आफै तयार पार्छिन् । यसअर्थमा उनी भर्सटाइल नै छिन् ।

अविवाहित मात्रै होइन उनी सिंगल पनि छिन् । सिंगल भएकै कारण उनलाई प्रेम प्रस्ताव राख्नेहरु पनि धेरै छन् ।

तर उनले अहिलेसम्म कसैलाई विश्वास गरिसकेकी छैनन् । यौनलाई प्रकृतिको उपहार मान्ने रेणुकाको बिहे गर्ने योजना त छ तर मिति तय छैन ।

पढाईमै धेरै फोकस हुँदा कसैलाई ब्यायफ्रेन्ड बनाउन नभ्याएको तर्क उनको छ ।

पढ्दा प्रेम गर्ने फुर्सद नभएको बताउने रेणुकाले प्रेम, यौन रोमान्स आदिबारे खुलेर बोल्न चाहिनन् । (साभार नेपालआज)

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu