यो घडीको मुल्य मात्रै रु २ अर्ब ८३ करोड ४० लाख !

फोटो गुगल

संसारको सबैभन्दा महँगो घडीको मूल्य कति होला ? १० लाख २० लाख ? त्यतिले पुग्दैन ।

संसारको सबैभन्दा महँगो घडीको मूल्य २ अर्ब ८३ करोड ४० लाख रुपैयाँ छ ।

स्विट्जरल्यान्डको कोपार्ड नामक घडी कम्पनीले निर्माण गरेको उक्त घडीमा २ सय १ क्यारेटका रंगीन हीरा जडान गरिएको छ ।

फोटो -गुगल

झट्ट हेर्दा नाडीमा लगाइने बालाजस्तो देखिने यो घडीलाई समय हेर्ने साधनका रूपमा भन्दा गहनाका रूपमा मान्यता दिइएको छ ।

दोस्रो महँगो घडीका रूपमा प्याटेक फिलिपले निर्माण गरेको सुपर कम्प्लिकेसन नामक घडी रहेको छ ।

यो घडी स्विट्जरल्यान्डका बैंकर हेनरी ग्रेभ्स जुनियरले बनाउन लगाउन लगाएका थिए ।

फोटो गुगल

१८ क्यारेट सुन प्रयोग गरेर सन् १९३३ मा बनाइएको यो घडी पकेट वाच हो ।

निर्माणपछि खासै मूल्य नभए पनि पछिल्लो लिलामीमा यो घडीले १ अर्ब १९ करोड ९० लाख रुपैयाँ प्राप्त गरेको थियो ।

साप्ताहिकबाट

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu