राजधानीको एकमात्र कृषि क्याम्पस हिकास्टमा राप्रविसंको तालाबन्दी ! शुल्क वृद्धी रोक्न माग !

उपत्यकाको एक मात्रै कृषि क्याम्पस हिमालयन कलेज अफ एग्रीकल्चर साईन्स एन्ड टेक्नोलोजी (हिकास्ट)कलंकीमा राप्रविसंले तालाबन्दी गरेको छ।सङ्गठनले साउन 25 गते क्याम्पसमा ताला लगाएको थियो। राप्रविसं महासचिव राज बस्नेतका अनुसार
क्याम्पस प्रशासनले विगतका सहमती कार्यान्वयनमा अटेर गरेको,भर्ना प्रकृया अपार्दर्शी र अव्यवस्थीत भएको,क्याम्पसमा शैक्षिक घुणस्तर घटेक, र मनोमानी ढङ्गले भारी शुल्क बृद्धी गरेको भन्दै सङ्गठनले तालाबन्दी गरेको बताए।

मनोमानीपुर्ण ढंगबाट क्याम्पस प्रशासनले गरेको भारी शुल्क वृद्धि लाई तत्काल रोक्नुपर्ने आन्दोलनरत विद्यार्थीहरूको बटमलाईन रहेको आन्दोलनका अगुवा एवम् राप्रविसं नेता जनक फडेराले बताए ।

क्याम्पसले भारी शुल्क बृद्धी फिर्ता नगरे बन्द कालान्तर सम्म चल्न सक्ने र आगामी दिनमा क्याम्पसले अनेपेक्षित घाटा ब्योहोर्नुपर्ने चेतावनी सङ्गठनले दिएको छ।

साथै यति लामो बन्द हुँदा पनि क्याम्पसले क्याम्पसकै हितमा रहेको विद्यार्थीको माग सम्बोधन गर्न तर्फ भन्दानि आन्दोलन तुहाउन लागेको भन्दै राप्रवासं हिकास्ट इकाई अध्यक्ष सचिन अधिकारीले आपत्ती जनाएका छन।

शुल्क बृद्धी अबैधानिक र मनोमानी ढङ्गले गरिएकोले यसले प्राविधिक शिक्षामा जनताका छोराछोरीलाई पहुँच भन्दा टाढा राख्न खोजिएको पनि सङ्गठनले आपत्ती जनाएको छ।

क्याम्पसको मनोमानी विरूद्ध राप्रविसंको ,नयाशक्ती विद्यार्थी युनियन र नेविसंघ आन्दोलनमा रहेका छन।

२९ साउन २०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu