इजरायलमा २३ औं विश्व आदिवासी दिवस मनाइयो

राम ढुंगाना ,तेलअभिब : नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा गत शुक्रबार २३ औ बिश्व आदिवासी दिवस तेलअभिबमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको निमन्त्रणामा नेपालदेखि आउनुभएका  नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष एबं प्रवक्ताका साथै नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नविन रोका मगर र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव नित्यानन्द ताजपुरीया विशिष्ट अथिति हुनुहुन्थ्यो।

नेपाली राजदुतावास इजरायलका राजदुत निरन्जन कुमार थापा प्रमुख अथिति रहनुभएको उक्त कार्यक्रममा इजरायलमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो भने, विभिन्न जातजातिहरुले आफ्नो आफ्नो जातीय पहिचान झल्किने पोशाक लगाएर कार्यक्रममा उपस्थिति भएका थिए।

विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संस्थापक अध्यक्ष तेन्जिङ शेर्पा , नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संस्थापक महासचिव एबं वर्तमान प्रमुख संरक्षक सुन्दर सिंह योन्जन तामाङ ,नेपाल आदिवासी जनजाति महासंघ इजरायलका पुर्ब अध्यक्ष सुबास राइ , नेपाल आदिवासी जनजाति महासंघ इजरायलका बर्तमान संरक्षक डोमा शेर्पा , नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निबर्तमान अध्यक्ष एबं बर्तमान प्रमुख सल्लाहकार निर्मला गुरुङ र इजरायलमा स्थापना भएका राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु र धार्मिक लगायत सामजिक संस्थाका प्रतिनिधिहरुका उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ इजरायलको महासचिब नानीमैया योन्जन तामांङ र सचिव समीर स्याङ्बा ह्योल्मोले  संचालन गर्नुभएको थियो।

प्रकाशित : साउन २९ आइतबार-२०७४ 

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu