पूर्व–पश्चिम राजमार्गको पथलैया– निजगढ सडकको दुधौरा पुल भासियो

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ ।

आइतबार बिहान पुल भासिएपछि यातायात ठप्प भएको छ । ठूला सवारी बाटोमै रोकिएका छन् ।

तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो ।

यसैगरी पथलैया हेटौंडा सडकको चुरियामाईमा पहिरो खसेर बाटो पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

निजगढस्थित लालबकैया खोलाको ड्याम जंगलतिर पानी पस्न सुरु भएको छ ।

कान्तिपुरबाट

२९ साउन २०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo