झापाली समाज इजरायलले तत्कालको लागि बाढिपिडित सहयोगार्थ रु ५ लाख पठाउने

निरन्तर परेको पानीको कारण नेपालका विभिन्न ठाउँमा क्षति पुगेको छ । हालसम्म ३७ जनाको मृत्यु भएको छ भने हजारौँ भन्दा बढिको संख्यामा मानिसहरु घर विहिन भएका छन् । यसैक्रममा विभिन्न ठाउँबाट नेपाललाई सहयोग गहिरहेका छन् । नेपालबाट बाहिर रहेका नेपालीहरुले पनि सहयोग गर्ने क्रम जारी छ ।

बिगत केहि दिनबाट नेपालमा आएको अबिरल बर्षाका कारण गरेको क्षतिलाई केहि हद सम्म सहयोग होस भन्ने मनसायले झापाली समाज इजरायलको तर्फबाट तत्काल नेपाली ५ लाख रूपैया सहयोग पठाऊने भएको छ ।

सहयोग अभियानका संयोजक दिपक ओलीका अनुसार उक्त रकम झापामा रहेका रेडक्रसहरू संग सहकार्य गरेर झापाका बिभिन्न क्षेत्रमा परेको मानविय क्षति र दुखी पिडितलाई पहिलो प्राथमिकता अनुरूप औषधी उपचार तत्काल गर्न सकिने खाद्यन, बास स्थानका लागी आवश्यक पर्ने सम्पुर्ण कार्यका लागी उक्त रकम पठाऊने कुराको जानकारी दिनु भएको छ ।

देशै भरी आएको बाढिबाट धेरै भन्दा धेरै मानविय क्षति भइरहेको छ भने विभिन्न देशमा रहेका नेपालीहरूबाट सहयोग संकलन भइरहेको छ । देश भित्र रहेका संघ सस्थाले पनि सहयोगका लाथि साथ र हातहरु अगाडी बढाइरहेका छन् । एक नेपालीलाई दुःख पर्दा अर्कोले सहयोग गर्नुपर्छ भन्ने मान्यता सबैमा उजागर हुदैँ आएको छ ।

आइत, साउन २९, २०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo