मॊती अन्जली गजल सँग्रहको विमोचन (भिडियोसहित)

मिति २०७४ साल भाद्र ५ गते मॊतीराम भट्टकॊ १५२ औँ जन्म जयन्तिका अवसरमा बिशिष्ट गजलकारहरूद्वारा रचना गरिएको ९ वटा गजल समाबिष्ट गरि शक्ति बल्लभद्वारा एकल सँगित र सुमधुर स्वर भर्नु भएकॊ मॊती अन्जली गजल सँग्रह युनियन हाउस , अनामनगर , काठमाण्डौँमा एक बिशेष समारॊह बिच सामुहिक रूपमा बिमॊचन गरियॊ ,यस गजल सँग्रहभित्र स्व. मॊतिराम भट्ट ,चुडामणी देबकॊटा,डा.भॊजराज घिमिरे,बि.बि. थापा ,ज्ञानु वाकर पौडेल,काली प्रसाद रिजाल, ललिजन रावल जस्ता बिशिष्ट गजलकारहरूकॊ रचना समाबेश गरिएकॊ छ ।

मॊतीराम भट्टकॊ १५२ औँ जन्म जयन्तिका अबशर भएकाले कार्यक्रमकॊ सुरूवातमा मॊतीराम भट्टकॊ तस्बीरमा फुलमाला चढाएर श्रद्दा सुमन अर्पण गरियॊ । यस बिमॊचन कार्यक्रममा सॊहि एल्बमका गजलकारहरु,कानुनि सल्लाहकार श्याम राेक्का र चर्चित गायिका जुनु गाैतम लगायत अन्य बिशिष्ट पत्रकार महाशय तथा साहित्य प्रेमीहरूकॊ बाक्लॊ उपस्थिती थियॊ ।

स्वागत मन्तब्य गितकार सुमीत् खड्काले दिनु भएकॊ थियॊ भने नेपाल टेलीभिजनका समाचार निर्देशक मनॊहरी थापा र अन्य साहित्यकारहरूले गजलका बारेमा र यस एल्बमका बारेमा प्रष्ट पार्नु हुदैँ शुभकामना समेत ब्यक्त गर्नुभयाे।

५ भदौ २०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu