सुमन कार्कीका दुई मुक्तक


भजनेका फलहरु मिठा मिठा फल्न थाले
निमुखाका पाइलाहरु बिस्तारै गल्न थाले
करोडपति दरिद्र पाउ मोलेर भिख माग्छ
चपाई रहेछ धुर्त गरिब भोकले ढल्न थाले



सुन्दर अनुहारमा कुरुप आत्माको बासछ
आमाको काख रित्यएर राछेस मिठो हास्छ
लाखौ टुहुरा जनक्रान्तिको नया परिभाषा
सिन्दुर पुछी दिएर परिवर्तन भनेर ढाट्छ

 

प्रकाशित :भदौ १३ मंगलबार -२०७४ 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu