अहिलेबाटै शुरु गर्नुस मोटोपनबाट सजिलै छुटकारा पाउने यो तरिका: डा.प्रकाशराज रेग्मी

खानपान र दैनिक दौडधुपका कारण मानिसमा मोटोपनको समस्या निकै धेरै देखिन थालेको छ । यसमा पनि पेट बढ्ने समस्याले त झन् धेरैलाई सताएको छ । दैनिक जीवनमा खाने पानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ । थाहा पाऔ पेट घटाउने केही घरेलु उपायः

बिहान उठेपछि कागतीको जुस पिउनु पेट घटाउने सबैभन्दा राम्रो उपाय हो । दैनिक रूपमा कागतीको जुस पिउनाले पेट घटाउनका लागि मद्धत गर्छ । शरिरमा अन्य खानाभन्दा फलफुलको मात्रालाई बढाउने । सकिन्छ भने बिहान र बेलुका फलफुल खाने । यसले शरिरमा आवश्यक पर्ने एण्टीअक्सिडेन्ट, मिनेरल्स र भिटामिनको मात्रालाई पुरा गर्न मद्धत गर्छ ।

सकेसम्म खानामा चामलको प्रयोग नगर्नुस्, यसको विकल्पमा गँहुको प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ । गुलियो खानेकुराबाट टाढा रहने । यस्तै, चिल्लो पदार्थ धेरै भएको खाना समेत नखाने । धेरै पानी पिउने । समय समयमा पानी पिउनाले शरिरमा रहेको टक्सिनहरू हटाउन मद्धत गर्छ ।

२ ३ वटा काँचो लसुन दैनिक रूपमा बिहान खाने र सँगसँगै मनतातो कागतीपानी पिउनाले पनि पेट घटाउनका लागि मद्धत गर्छ । सकेसम्म मासुजन्य खानेकुराहरू कम गर्ने ।

थप  टिप्स  डा. प्रकाशराज रेग्मीबाट 

१) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको १÷२ देखि १ किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन ।

२) उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ । ३) बिहान–बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ । सूप खाएपछि पेट चाँडै भरिन्छ । अरू खाद्यपदार्थ कम खाइन्छ । सूपमा चिल्लो भने हाल्नु हुँदैन । कुनै पनि खाद्यपदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ ।

४) दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैँ नियमित रूपले निश्चित मात्रामा खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । एकै पल्ट धेरै खाना खानु उचित हुँदैन ।

५) भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तै– गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।

६) बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्तहुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।

७) तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ । यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ । योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ ।

८) डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन् । यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ । तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ ।

-बिभिन्न अनलाइनहरुबाट

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo