राजतन्त्रले कुनै पनि प्राकृतिक श्रोतसाधन बेचेन जति प्रजातन्त्रको नाममा दलाल नेताहरुले बेचे (भिडियो)

ताप्लेजुङमा जन्मिएका प्रोफेसर डा. सुरेन्द्र केसी करिब तीन दशकदेखि प्राध्यापनमा सक्रिय छन्। राजनीतिक विश्लेषकका रुपमा पनि चिनिएका उनका झण्डै दुई दर्जन पुस्तक, ६ सयभन्दा बढी लेख रचना प्रकाशित छन्। अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट गरेका डा. केसी खरो विचारका लागि प्रख्यात छन्।


भारतले नेपाललाई हेपेर सबै हद पार गरेको छ तर यसको जिम्मेवार भारत मात्रै नभएर नेपालका दास मानसिकता भएका नेताहरु नै बढी जिम्मेवार रहेकोले नेपाली शासकको दास मानसिकतालगायत समसामयिक राजनीतिबारे धारणा राखेका छन् ।

१० बर्षमा माओवादी यूद्धमा नभएको आर्थिक हानि मधेश आन्दोलनको ५ महिनामा भाको छ ।

संबिधान संसोधन नै गर्नु थियो भन्ने किन जारी गरे यो नेताहरुले ?

हिन्दु राष्ट्र र राजतन्त्र नहटाईकन नेपाललाई अस्थिर बनाउनु सकिदैन भने बिदेशीको योजनाबद्ध षडयन्त्र स्वरूप त्यो सबै हटाइयो र अन्तिममा बाँकि रहेको साझा भाषा नेपालीमथि प्रहार गर्यो ।

पृथ्वीनारायण शाह बाहेक यो देशमा सक्रिय राजतन्त्रले शासन गरेको केवल ३० बर्ष हो त्यो पनि प्रजातन्त्र आए पछि ।

त्यो अवधिमा राजतन्त्रले कुनै पनि राष्ट्रघात गरेर प्राकृतिक श्रोत साधन बेचेन्न जति प्रजातन्त्रको नाममा दलका नेताहरुले बेचे ।

भिडियो प्रो.डा.सुरेन्द्र केसीको दमदार तर प्रमाणित र यथार्थपरक अन्तर्वार्ता  सेप्टेम्बर ११ ,२०१६मा सगरमाथा टिभीमा प्रसारण भएको  ।

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo