भगवान बुद्धले सिकेका ६४ ओटा लिपिहरु मध्ये ‘ब्राह्मी लिपि’ प्राचिन हो

प्रवीण अधिकारी

ब्राह्मी लिपि प्राचीन लिपि हो । यसबाट एशियामा वोलिने थुप्रै लिपिहरुको विकास भएको मानिन्छ । खाश रुपमा भन्दा हाम्रो देवनागरी सहित अन्य दक्षिण एशियाई मुलुकहरु , दक्षिण पूर्वी एशियाई मुलुकहरु , तिब्बती तथा केहीको मतमा कोरियाई लिपिको विकासपनि यसैबाट भएको हो भन्ने गरेको भेटिन्छ ।

इथियोपियाई लिपिमा पनि ब्राह्मी लिपिकै प्रभाव रहेको मान्ने थुप्रै छन् । यो लिपिको प्राचिनता खोज्दा ” ललितविस्तर ” भन्ने बौद्ध ग्रन्थ भेटिन्छ जसमा ६४ लिपिहरुको कुरो गरिएको छ । त्यस ग्रन्थमा ‘ब्रह्मलिपि’ को नाम अंकित गरिएको छ । यस बाहेक यस लिपिको पुरानो स्वरुप अशोकको शिलालेखहरुमा सुरक्षित देखिन्छ ।

भगवान बुद्धले ६४ ओटा लिपिहरु सिकेका थिए रे त्यसमध्ये एउटा व्राह्मी लिपि पनि हो भन्नेकुरा त्यै ‘ललितविस्तर’ भन्ने ग्रन्थले बताउँदछ । त्यो ललितविस्तर ग्रन्थको चीनीयाँ भाषामा अनुवाद ई० स० ३०८ मा गरिएको थियो । त्यस्तै जैनहरुको ‘पन्नवणा सूत्र’ र ‘समवायांग सूत्र’ मा १८ बटा लिपिहरुको नाम उल्लेख गरिएको छ जसको पहिलो शंख्या क्रममा बंभी (ब्राह्मी) को नाउँ उल्लेख छ ।

त्यसै ग्रन्थको भगवतीसूत्रको शुरुमा ‘नमो बंभीए लिबिए’ (ब्राह्मी लिपिलाई नमस्कार) भनेर भनिएको देखिन्छ ।

prabin-adhikari

लिपिको इतिहाँस 

यस क्षेत्रको लिपिको इतिहाँस खोज्दा सबैभन्दा प्राचीन लिपिको रुपमा शम्राट अशोकले प्रयोग गरेको ” ब्राह्मी लिपि” नै भेटिएको छ जो सर्वत्र एकै रुपको छ । त्यो प्राचीन आर्य या ब्राह्मणहरुले विकशित गरेका लिपि हो जसलाई ब्राह्मी लिपि भनेर चिन्हियो ।

जैनहरुको ‘प्रज्ञापनासूत्र’ मा लेखिए अनुसार ‘अर्धमगधी’ भाषा जुन लिपिमा प्रकाशित भयो त्यो ब्राह्मी लिपि थियो । त्यो अर्धमगधी भाषा मथुरा र पाटलिपुत्र बीच रहेको प्रदेशको भाषा मानिन्छ । यसैबाट नेपाली भाषा निस्किन पुगेको हो । यसरी हेर्दा ब्राह्मी लिपि यस आर्यावर्तको मौलिक लिपि मानिन पुग्छ जसबाट “देव नागरी ” लिपिको समेत विकास भयो । मगध राज्यको तत्कालिन राजा आदित्यसेनको समय (ईशाको सातौँ शताब्दी) तिरको मगधी अक्षरहरुमा देव नागरी भाषाको वर्तमान रूप देख्न सकिन्छ ।

ईशाको नवौं र १०औं शताब्दीदेखि देवनागरी लिपि आजको आफ्नो स्वरुपमा आएको देखिन्छ । भगवान बुद्ध आफ्नो उपदेश मगधी प्राकृत मानै दिन्थे । यसको सम्वन्ध मैथिली ,भोजपुरी , नेपाली भाषाहरु संग गाँसिन्छ , जो भारोपेली परिवारको भाषाहरु हो । मैथिलीको पारंपरिक लिपि “कैथी” भनिएतापनि अहिले देवनागरी लिपि मै सवैले लेखेको देखिन्छ ।

 त्यसैले मगधी भाषालाई यस क्षेत्रका भाषाविदहरुले ” सा मगधी मूलभाषा ” भनेर वर्णन गरेको भेटिन्छ । भगवान गौतम बुद्धको समयमा मागधी नै मूल भाषाको रुपमा जन मानसमा बोल्ने गरिन्थ्यो | पालि भाषालाई पछि मगधी भनिएको हो भन्नेपनि थुप्रै भाषाविद देखिन्छन ।

ब्राह्मी लिपि ?

kiik15181205_567437326796107_6462842137854469690_n

वेदव्यासलाई महाभारत ग्रन्थ पुरागर्न लगभग ३ वर्ष लागेको थियो रे । त्यतिखेर तत्कालिन साहित्य लेख्न लिपि कलाको विकास भै सकेको थिएन । त्यसै कारणले होला ऋषि मुनिहरुले वैदिक ग्रन्थहरु पुस्तौं पुस्तासम्म परम्परागत वैखरी वृत्ति र मौखिक रुपबाट कण्ठस्तगरि हजारौं बर्ष सम्म सुरक्षित राख्न सफल भएका थिए । त्यतिखेर संस्कृतनै ऋषिमुनिहरुको एकमात्र भाषा थियो र ब्राह्मी आम बोलचालको भाषा हुने गरेको थियो भन्नेकुरा महाभारत ग्रन्थको तलको श्लोकले पुष्टी गर्दछ ।

राजवद् रुप्वेषौ ते ब्राह्मी वाचं विभर्षि च ।

को नाम त्वं कुत च असि कस्य पुत्र च शंस मे॥(महाभारत आदिपर्व ८१/१३)

अर्थात तपाइंको रुप र भेष राजा तुल्य छ र ब्राह्मी वाणी बोलीरहनु (वाचं) भएको छ । मलाई बताउनोस तपाईं को हो ? , कहाँ बाट आउनु भएको हो र कसको छोरो हो ?

यो कुराकानी देवयानी र राजा ययाति बीच को हो । अब हाम्रो शंका हटेको हुनु पर्छ किनभने माथि सफा शब्दमा लेखिएको छ – ब्राह्मी वाचं अर्थात ब्राह्मी वाणी या भाषा ।

पछि विस्तारै वैदिक युगको विशेषता ह्रास हुँदै गएपछि ऋषिहरु संग सुरक्षित रहेको वैदिक साहित्य कण्ठ गरेर जोगाउने शैलीमा ह्रास आउंदै गयो र वैदिक साहित्यलाई पाण्डुलिपिहरुमा लेखेर सुरक्षित राख्ने वैज्ञानिक प्रचलन शुरु हुन पुग्यो | महाभारत ग्रन्थको आधुनिक स्वरुप धेरै अवस्था पारगरी आइपुगेको हो । विद्वानहरुले महाभारतको रचनाको चार प्रारम्भिक अवस्था उल्लेख गरेका छन् । यो अवस्था निम्नानुसार वर्णित छ ।

शुरुमा यो ग्रन्थ आठ हजार आठ सय श्लोकको थियो , त्यतिखेर यसलाई ” जय ग्रन्थ ” भनिन्थ्यो ।जुन ग्रन्थ व्यासले आफ्नो छोरा सुकदेवलाई सुनाएका थिए । त्यसपछि उनको त्यो ग्रन्थको कथा शिष्य वैशम्पायनले जनमेजयलाई सुनाए अनि त्यो ग्रन्थको श्लोक शंख्या चौबीस हजार हुन् पुग्यो त्यतिखेर यस ग्रन्थ लाई ” भारत ” भनियो र नैमिषारण्यमा अठासी हजार ऋषिहरुलाई सुनाउँदा आख्यान र उपाख्यान थपिनपुगि एक लाख श्लोक शंख्याको हुन पुग्यो र यसलाई ” महाभारत ” भन्नेकुरा लिखित रुपमा व्यक्त गरेको भेटिन्छ ।

पुरानो भनिएको श्लोक आठ हजार आठ सयको अर्थ गहन छ र स्वयं वेदव्यासकै शब्दमा ” ती श्लोकको अर्थ म जान्दछु , शुक जान्दछ र शायद संजयले जान्दो होला ” भन्ने उल्लेख गरिएको छ । यस ग्रंथमा चंद्रवंश को वर्णन छ | यस बाहेक न्याय, शिक्षा, चिकित्सा, ज्योतिष, युद्धनीति, योगशास्त्र, अर्थशास्त्र, वास्तुशास्त्र, शिल्पशास्त्र, कामशास्त्र, खगोलविद्या तथा धर्मशास्त्रको पनि विस्तार पूर्वक वर्णन गरिएको छ । त्यसैले महाभारत महाकाव्य ‘जय’, ‘भारत’ र ‘महाभारत’ यी तीनै नाउँले प्रसिद्ध हुन् पुग्यो ।

महाभारत ३१५० ईशा पूर्व लेखिएको प्रमाणित भएको छ त्यस ग्रन्थमै वर्णित ज्योतिषीय तिथिहरु , भाषागत विश्लेषण, विदेशी सूत्र एवं पुरातत्व प्रमाण संग मेल खाएको भेटिन्छ । तर आधुनिक संस्करणको रचना चाहीं ६००-२०० ईशा पूर्व तिर भएको हुन सक्छ किनभने अन्य वैदिक साहित्यहरु सरह यो महाकाव्य पनि पहिला वाचिक परंपरा बाटै पुस्तौं पुस्ता सम्म डोर्याएर ल्याइएको हो र पछि छपाई कला विकसित हुन्य पुगेपछि यसका भौगोलिक संस्करणहरु पनि छापिन पुगेका हुन् जसभित्र त्यस्ता धेरै घटनाहरु उल्लेखित गरिएका छन् जो मूल कथासंग मेल खाएको देखिन्नन् ।

महाभारत धार्मिक महाकाव्य पछि हुन पुगेको हो ,पहिला सवै वैदिक ग्रंथहरुमा दिएको संदर्भअनुसार एउटा इतिहास हो न कि पौराणिक कथा , यसलाई पछि धार्मिक महाकाव्य भनियो , तर यो ग्रंथ एक वैदिक इतिहास हो न कि धार्मिक महाकाव्य | आधुनिक इतिहास तथ्यमा आधारित हुन्छ ।  प्रमाणमा आधारित हुन्छ |

प्रमाण शोध गरिंदा परिणाम पाइन्छ तर महाभारतमा गरिएको वर्णनको शोध गरिएको छैन । पाश्चात्य जगतमा पनि इलियाड र ओडिसी इतिहासकै रुपमा लेखिएको थियो | पछि अनेकौं शोध पश्चात समकालीन आधुनिक इतिहासकारहरुले यसलाई ऐतिहासिक र इतिहास संग संबंधित ग्रन्थ को रुपमा ग्रहण गर्न थालेका हुन जो आज आएर धार्मिक ग्रन्थको रुपमा विख्यात हुन् पुगेको छ ।

अस्तु !

लेखकको फेसबुकबाट

प्रकाशित मिति २०७४ असोज २ , सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu