आजको खाँटी झटारो – गजल पुराण

न तर्कुल्ले न बर्धन्ने, न एक्लक्के न दुई लक्के, बाइमात्रा र दाहिनेको त झन के कुरा गराई भो । नेपाली बर्णमालामा कति थान अक्षेर हुन्छ भनेर सोध्ने हो भन्ने हिजाज सयमा नब्बे स्वघोषित गजलेले प्रस्ट भन्न सक्दैनन ।

‘तपाईंले लेख्नु भाको गजलमा गल्ती भाको र छ नि’ भनेर जान्नेले भन्यो भने बुर्लुक्क बार्ह हात उफ्रिने देखि परि आको खण्डमा ‘वीर भीमसेन’ बन्न बेर नलाम्ने पनि उल्कै छन । आफ्नो रचनाको कमि कमजोरी भएको छ देख्न र सुन्न नै चाहदैनन भने यस्ता गजलेहरु ठ्याक्कै नयाँ नेपालको गणतन्त्रे पार्टीका मन्दबुद्धि नेताहरू जस्तै हुन ।

पियारा, पियारी, ओ जानेमान बाँच्न गारो भो, दिल घायल भो रे, मदिरा देखि मधुशाला हुँदै बिष पिउने अनि नयन वर्षा वर्षे झरी जस्तै भो आदि आदि इत्यादि यस्तैमा गजल लेखेर ‘बाईरोडको बारीमा १४ टनको भारी बोकेर उकालो लाग्या हिन्दुस्थानी माल गाडीझैँ ठसठस कनेर’ गजल पोस्टिन्च्च्न अनि आर्कोले छूस्स ‘ओइ तेरो नोटको गजल त ढिस्कानाको वालमा देखियो’ अथवा फलानाको अनलाईनमा पोस्टियोनी’ भनेर त्यति भन्दिनु पर्छ अनि सुरु हुन्छ फेस्बुक देखि ट्वीटरमा गजल युद्ध । नामबाट जात हुँदै सुरु भाको त्यो गजल युद्धले भूगोलसम्म छुन्छ ।

तस्बिर: गुगल सर्च

खाडीमा लाउरे बनेका एक जना ठुला गजलकारलाई एकपल्ट यो डाम्नाकारले हाव गजलकारज्यू तपाईं कि खाँट्टी नेपाली, कि उर्दु, वा सुद्ध हिन्दीमा लेख्नुस तपाईंको लेखन सैली राम्रो छ भनेर भने । आफूलाई आफ्नो नेपाली राष्ट्र भाषामा हिन्दी देखि उर्दु घोलेर लेखेको मन नपर्ने त्यसैले उल्कासँग भाषा बिगारेको देखेर के भनि दिएको थिए  बस जनयुद्दमा माउवादीले जनतालाई तर्साउन पड्काउने सुतली बम झैँ पड्केर उल्का भो गाँठे ।

आफ्नो गाम्घरा भाको साउबालाई गैरी खेत बन्दकी राखेर हुन्छ कि सयकडा पाँच लेर हुन्छ त्यसरी दाम लेर खाडी मलेस्या छिरे । तर्तरी कमाको पैसाले सकिन्छ भने पुर्खाभन्दा के कम भन्दै माटो जोड्नु त कता हो कता ल्यापे देखि ट्याबे किनेर गजल पोस्टिन सुरु अर्च्च्चन । २ वर्ष पछी छुट्टी गो अनि घरमा भएको जोई देखि भुराभुरी भेटन छाडेर किताप निकाल्न हतार गर्छन । तिनले गजलको किताप ननिकाल्ने हो भने हाम्रा रोटि देखि बेटी साइनो पर्ने बिहारी भैयालाई चटपटे बेच्न धरी हम्मेहम्मे हुन्छ ।

धेरै महिना पैला सामाजिक संजालको भितोमा १ जना गीत/गजल लेख्ने चेलीले एल्बम निकाल्न लाको रैछिन । फेसबुकमा फुटो हेर्दा सोझी र सिधा देखेर ‘हाउ चेली बिदेशा पसिना चुहार कमाको धन यस्तरी भब्यसँग खर्च गर्दा लगानी उठ्ला र ? यति के भंदेको थिए सरापेर जात्रा गरिन । कलाको दाम हुन्च्च ? कलालाई पैसासँग दाज्ने त को होस ? मेरो धन जे सुकै गरु पराईलाई के को खसखस ? भनेर उल्कासँग थर्काइन गाँठे । चेली त दुब्ली पातली सोझी भनेकी त हिन्दी सिनेमा कि झगडालु चरित्र अभिनेत्रीको रोल गर्ने ‘मुखाले बिन्दु’ पो निस्किन हौ ।

गजल भनेसी चिल्लो कागज अनि मोटो सिर्लिक्क परेको गाता अनि त्यस्तै चिटिक्क पर्या डिजाइन गर्नु पर्च्च । नत्र पाठकले मन पराम्दैन भनेर हाइड्रोलिक जग लाम्ने डिजाइनरहरुको कुनै कमि छैन । सप्पैलाई चाहिएको दाम नै हो । न भोक न प्यास भनी भनी बिदेसी पराई भूमिमा बर्षौ वर्ष खटेर कमाको धनको आधा आधा पुजिचैँ चैँ गजल निकालेको पनि देखिएकै हो ।

त्यसरी गजल निकाल्नेहरुलाई हजुरको लेखाइ त आहा आहा क्या राम्रो भाव, वाह वाह क्या दाम्मी शेर, मतला हो कि उलामा सुलामा त झन क्या बेजोडको गाँठे भनेर भन्दिनु पर्छ नाक घिरम्लो जत्रो बनार गजल गाइने देखि झिटी झ्याम्टा बजामने खोज्न थाली हाल्छन चक्का देखि सी.डीसम्म निकाल्नलाई हतार । जोस क्या जोस ।

पैसो मात्र हुनु पर्च्च गोजीमा त्यस्ता नाथेले लेख्या पांग्दुरे गजललाई तुका तु बजाम्ने देखि भर्ने सम्मकाहरु  मिनेटमै निस्किन्छ । सुर होस कि बेसुरले होस झ्याम कि झ्याम मिनेटमै गाएर बजाएर देखाई दिन्छन । कुनै कुनै जान्ने बुझ्ने गायक संगीतकारले विदेशको दुख र खटाइ देखेर सम्झउलान बुझाउलान तर तिनका मगजा घुसे पो । जसरी हुन्छ पुस्तक निकालेर अनि अडियो मात्रै हैन यु टुबनै सुनाएर शान देखाउनुको त मज्जै नै बेग्लै भन्ठान्छन । कमाको धन जाए भाड्मे । बिदेसमा गधा जस्तरी जोतेर निकालेको त्यस्ता नैसिखिया गजलेको को एल्बम देखि पुस्तक बजारमा कसैले पढ़ेछछन अथवा सुनेछन भने त्यतिखेर यो पंक्तिकारलाई थुक्क भनिदिनु होला ।

लेखाइ ‘कल्बिर’ छ हजुर मेरो । कल्वीर भनेको बुझ्नुहुन्छ ? तितो क्या निमको हजुरबालाई कल्वीर भन्छ । जस्तो देखाई त्यस्तै लेखाई लेख्दा कसैलाई चित्त दुखेछ भने क्यार्नु नभाको कुरा अर्यात हैन क्यार त्यसैले तपाईं राम्रो लेखक देखि गजलकार हुँदै कलाकारसम्म बन्न चाहनुहुन्छ भने पहिला बेजोडको साधना गर्न सिक्नुस । जान्नेकारहरु  सँग पैला राय परामर्स लिनुस । धुन भर्ने संगीतकारलाई पनि तपाईंको रचना देख्ना साथ भित्रै हृदय देखिनै संगीत भरम भरम होस अनि तपाईंको पुस्तकको गाता हेरेर हैन तपाईले लेखेको सब्द देख्ना साथ पढने पाठकले वाह क्या गज्जब भन्न पाइयोस तब न तपाईंको लेखाइले सार्थकता पाउछ र तपाईंको तपस्या सफल हुन्छ,

तर,

फेस्बुकमा पोस्टेको गजलले डेढ दुई से लाइक पाम्दैमा तपाईंको कृतिलाई ‘कपुरी क’ देखि राम्रो ‘म’ भनेर भन्न मिल्दैन । जान्ने गम्किन्छ नजान्ने चम्किन्छ गर्नु भो भने भिरबाट लडन लागेको गोरुलाई जस्तै गरि रामराम भनेर भन्नु भन्दा अरु के नै गर्न सकिन्छ त्यसैले यो गजल महात्म्य पढेर केही सिक्नु भो भने तपाईंको पनि जय र मेरो पनि जय हुन्छ । मेरो जय चैँ यो मानेमाकी मैले पनि घुमाएर भए पनि   धन भा बुद्धि नभा बेकुपलाई नेत्रदान गर्न सफल भएछु । आग्ये तपाईंको जो मर्जी ।

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu