२०१८ को विश्वकप फुटबलका लागि बेल्जियम छनौट

काठमाडौं, भदौ १९ । ग्रीसलाई हराउँदै बेल्जियम अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

आइतबार राति भएको खेलमा ग्रीसलाई २÷१ ले हराएपछि बेल्जियम विश्वकपमा छानिने आयोजक रुसपछिको पहिलो युरोपियन टोली बनेको हो ।

खेलमा बेल्जियमलाई विजयी गराउन यान भर्टोङ्गन र रोमेलु लुकाकुले एक-एक गोल गरे । ग्रीसका लागि भने गोन्काल्भेस रोड्रिग्वेजले पहिलो गोल गरेका थिए ।

युरोपेली समुह एच मा दुई खेल खेल्न बाँकी छँदै बेल्जियमले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

८ खेलबाट बेल्जीयमको २२ अंक भएको छ भने दोस्रो स्थानको बोस्निया हर्जगोभिनाको १४ अंक मात्रै छ ।

विश्वकप छनोटअन्तर्गत आइतबार राति भएका अन्य खेलहरुमा स्विडेनले बेलारुसलाई ४-० ले हराउँदा नेदरल्याण्ड्सले बुल्गेरीयालाई ३-१ ले तथा पोर्चुगलले हंगेरीलाई १-० ले हराएका छन् ।

फ्रान्सलाई भने लक्जेम्बर्गले गोलरहित बराबरीमा रोकेको छ ।

स्विट्जरल्याण्डले लात्भियालाई ३-० ले पराजित गर्दा क्रोएशियाले कोसोभोमाथि १-० को जित निकालेको छ ।

प्रकाशित : भदौ १९ सोमबार -२०७४ 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo