चर्चित रेडियो पत्रकार बासुदेब मुनाललाई घाँटीमा क्यान्सर

२३,भाद्र/पानाखबर:

जय नेपाल ! आउ मेरा प्यारा प्यारा भाई बैनी हो, रेडियो नजिक आउ अब सुरु हुन्छ तिमीहरुकै बाल कार्यक्रम…

आफ्नो सुरिलो तथा मन्त्रमुग्ध स्वरले बालबालिका देखि सबैलाई मन्त्रमुग्ध पार्ने कुनै समयको चर्चित रेडियो पत्रकार बासुदेब मुनाललाई घांटीको क्यान्सर भएको छ तर सरकार बासुदेब मुनालको उपचारमा गम्भीर नभएको भन्दै परिवारले गुनासो गरेका छन !

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिका बिच प्रस्तुत हुने पुराना रेडियो प्रस्तोता बासुदेव मुनाल गम्भीर रुपमा बिरामी पर्नु भएको छ। उहाँको घाँटीमा क्यान्सर (पाइरोफ़ोम साइनस) भएको पुष्टि भएको छ भनेर दिया मिडियाले लेखेको छ !

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo