जसको निम्ति आँशु बगाउदै थिए उनि त कसैको अंगालोमा बाधी सकेछन: आशा पाइजा (भिडियो)

हरेक गीत ,कथा ,कबिताहरुको प्रमुख प्रसंग नै मायाप्रेम, घृणा, मिलन, विछोड नै हुन्छ जसको प्रस्तुतीकरण फरक हुनसक्छ । यस्तै बिषयलाई एक गीत मार्फत उजागर गरेकी छिन नवोदित गीतकार आशा पाइजाले ।

बैदेशिक रोजगारीले निम्ताएको नेपाली समाजको पारिवारिक बिखण्डनलाई गीत मार्फत कोरेकी आशा पाइजाको ”जसको निम्ति आँशु बगाउदै” बोलको गीतको म्युजिक भिडियो चर्चित म्युजिक कम्पनि बिन्दबासिनी म्युजिकको युटुब च्यानल मार्फत आज शुक्रवार सार्बजनिक भएको छ । आशा पाइजाको यो पहिलो गीतको म्युजिक भिडियो हो ।

चर्चित लोक दोहोरी तथा आधुनिक गायिका गिता पाईजाको स्वरमा रहेको उक्त म्युजिक भिडियोलाई पुष्पराज बरालले संगीत भरेका छन् भन्ने सुबास जिसीले निर्देशन एवम् सम्पादन गरेका छन् । कृष्ण पाण्डेयको छायांकन रहेको उक्त म्युजिक भिडियोमा सगुन शाही ,शिव , सुक्रिया र सुबासको अभिनय रहेको छ ।

गीतकार आशा पाइजाको पहिलो प्रयास नै उत्कृष्ट रहेको देखिन्छ अझ त्यसमाथि उक्त शब्दलाई गायिका गिता पाईजाको सुमधुर आवाज र पुष्पराज बरालको संगीतले उत्कृष्ट बनाएको छ ।

गीतकार आशा पाइजा लगायत यो म्यूजिक भिडियोको सबै टिमलाई पानाखबरको शुभकामना छ ।

हेर्नुस भिडियो

प्रकाशित मिति २०७४ साल भदौ २३ गते शुक्रवार

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo