शनिबार हेटौँडामा भूतले तर्साउँछ

आजको कविता

-छबी अनित्य

 

 

 

 

 

 

 

हेटौडा शहर

मेरा साथीहरू भन्छन्

शनिबार हेटौँडामा भूत आउँछ

शनिबार हेटौँडामा भूतले तर्साउँछ ।

आधुनिकता छपक्कै छोपेको शहर,

यत्रो घना आवादिले ढाकेको शहर,

तैपनि

शहर निस्कँदैनन् साथीहरू;

भन्छन्-

शनिबार हेटौँडामा भूतले तर्साउँछ ।

एक मध्यान्ह

एक्लै शहर पस्छु म,

देख्छु-

सडक छुट्टीमा छ,

शहर शान्त छ,

सटरहरू बन्द छन्-

सडकपेटी नगरपालिकाले लगेर्ने मान्छेबिना

कताकता असजिलो लाग्छ ।

अनि यौटा गल्ली छिर्नै लाग्दा झस्कन्छु-

केहि मानव आकृति

धुवाँमा रूमल्लिरहेका छन्,

उनिहरूका लाललाल आँखा

मानौँ मेरो उपस्थिति चाहँदैन ।

म अर्को गल्ली प्रयासै नगरी फर्कन्छु,

त्यहाँ अर्को जोडी आकृति सल्बलाइरहेछ ।

सुनसान सडक मात्र चहार्न

म फेरि शनिबार शहर जान्न

साँच्चै हो त रहेछ-

शनिबार हेटौँडामा भूत आउँदो रहेछ,

शनिबार हेटौँडामा भूतले तर्साउँदो रहेछ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu