कस्तो मनछुने : चितुवाको पन्जाबाट डेढु बाँदरले मृगलाई यसरी बचायो (भिडियो)

माया-करुणा मानिसहरुमा मात्रै होइन जनावर पशुपंक्षीहरुमा पनि हुने गर्छ। उनीहरुले मानिसहरुले झैँ आवाज निकालेर शब्दमा व्यक्त गर्न सक्दैनन्।तर आफ्ना सन्तान र जन्मदिने आमाको मृत्युमा कयौँ दिनसम्म उनीहरुले शोक प्रकट गर्छन्।

जनावरहरुमा एकता समेत गज्जबको देख्न सकिन्छ। आफ्नो समूहका सदस्यहरुलाई हिंस्रक जनावरले आक्रमण गर्दा सामुहिक रुपमा प्रतिकारमा समेत उत्रिन्छन्। आफ्नो बथानबाट कहिल्यै नछु्ट्टिने र आवाज मार्फत एक-अर्कालाई खतराको सुचना दिने पनि गर्छन्।

जंगलमा सानादेखी ठुला जनावरहरुलाई बाघ,चितुवाको डर हुन्छ। कतिबेला उनीहरुले आक्रमण गरेर आफूलाई शिकार बनाउँने हो भन्नेमा उनीहरु सचेत र चनाखो हुने गर्छन्।

अफ्रिकाको एक निकुन्जमा चितुवाले मृगलाई केहिबेरको भागदौडपछि आफ्नो पन्जामा पार्न सफल हुन्छ। तर यत्तिकैमा नजिकै बथानमा रहेका डेढु बाँदरले उक्त चितुवमाथी हमला बोल्छन् र चितुवालाई त्यहाँबाट भगाउँछन्।

यतिमात्र होइन एउटा डेढु बाँदरले त मृगको पुच्छरमा तानेर उसलाई ब्युँताउने कोशिस समेत गर्छ।

हेरौँ भिडियो

 

प्रकाशित मिति :२०७४ भदौ २५ गते आइतबार

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo