डा.युवराज संग्रौलाकाे सनसनीखेज खुलासा: अहिलेसम्मका अर्थमन्त्रीलाई जेल हाल्ने घोषणा !

काठमाडौंमा सुरक्षा अखडा नजिकै गुम्बाको संख्या बढ्नुको भित्री रहस्य

एपिवान टिभीको तमसोमा ज्योतिर्गमयमा डा युवराज संग्रौलासँग उक्त कार्यक्रमका प्रस्तोता टिकाराम यात्रीले गरेको सनसनीखेज सम्बाद जहाँ डाक्टर संग्रौलाले २०४६ पछि भएको बिभिन्न घटनाक्रमहरुलाई विश्लेषण गर्दा एउटा कडीबाट मात्रै हेरेर बिबेचना गर्न उपयुक्त नहुने हुदा त्यस्ता घटनाका बिभिन्न कडीहरुलाई जोडेर मात्रै सहि निर्णयमा पुग्न सकिने बनाए ।

२०४६ सालको परिवर्तन जरुरि थियो तर परिवर्तन जुन स्थितिमा भयो अनि त्यको भित्रि खेलाडी बाह्यशक्ति थियो नेपाली जनताको भूमिका गौण भयो भन्ने किसिमको सनसनी खुलासा गरेका छन् डा. संगौलाले । २०४६ साल अघि तत्कालिन राजदरवार र पश्चिमा शक्तिहरु बिचको एक ठुलो तर गम्भीर विवादले गर्दा २०४६ सालको आन्दोलन मार्फत परिवर्तनको देखाउदै त्यो ढोकाबाट चलखेल भए यदपि त्यो विवाद नेपाली जनतालाई नै थाहा भएन तर घटनाक्रम जोडेर हेर्दा प्रमाणित हुन्छ ।

सन् १९९० ताका भएको विश्वब्यापी घटनाक्रमहरु जस्तै बर्लिनको पर्खाल लड्नु , सोभियत युनियनको विघटन अफगानीस्तानमा अमेरिकाको प्रवेश , खालिस्तान विद्रोह आदि सबैलाई बेग्ला बेग्लै बुझेमा केहि पनि देखिदैन र भेटिदैन तर समग्रमा हरेक पाटोलाई केलाएर बुझेमा धेरै घटनाक्रम नेपालसंग सम्बन्धित देखाउछ ।

जस्तै रेवती रमण खनालको किताबमा एउटा सानो तर महत्वपूर्णकुराको इंकित गर्छन जसलाई बुझ्न बीपीको आत्मावृतान्तमा एउटा छ त्यसलाई पनि बुझ्नु पर्छ अझ पत्रकार जगत नेपालले एउटा कुरा लेखिरहेका छन् कि बिपीलाई राष्ट्रपति नै बनाउने प्रस्ताब लिएर को आएका थिए जसको बारेमा बिपीले खुलासा गर्न चाहनेन त्यो कडी के हो ? यसरी हरेक कुरा हेर्न बिभिन्न पाटोहरुलाई जोड्नु पर्नेमा संगौला जोड दिन्छन । यसलाई अझ बुझ्न सन् १९८० को दशकमा पुग्नु पर्ने तर्क राख्छन ।

सन् १९८०मा बर्माको सिमाना देखि भारतको जल्पाईगढीसम्म बसोबास गरिरहेका नेपालीहरुमाथि सुल्पा नामक एक संगठनले चरम अत्याचार गर्‍यो ,त्यो भेगमा रहेका नेपालीहरुको रक्षार्थ भारतले कुनै सहयोग नै गरेन स्थिति अति भए पछि नेपालका राजाले एक बिशेष डेलिगेसन दिल्ली पठाए वार्ताको लागि तर भारतले कुनै कदम नै उठाएन्न । सुल्पालाई त्यो बेला पश्चिमा राष्ट्रहरुले सहयोग गरेका थिए । तेस्तै सन् १९९०मा भुटानबाट नेपालीमुलका नागरिकहरु खेदाउने काम अचानक शुरु भयो । यी सबै कडी जोडिन्छ भारतको चिकेन नेक राज्यको मुख्य प्रवेशथलो अर्थात् नेपालसंग सिमा जोडिएको दार्जिलिङ लगायतको भूभागहरु ।

सन् १९८५/८६ तिर पश्चिमा राष्ट्रहरुले चीनसँग तिब्बतको डिल गर्न भन्दै नेपालमा एउटा केन्द्र स्थापना गर्ने माग राखेर दरवारमा प्रस्ताब नै पठाए । त्यो भन्दा पहिले तत्कालिन राजा महेन्द्र र राजा बीरेन्द्रको युरोप अमेरिका भ्रमणहरु भए जसमा राजाहरुलाई भब्य स्वागत गरियो तर त्यो स्वागत भित्र पश्चिमा राष्ट्रको लुकेको स्वार्थमा उक्त प्रस्ताब नेपालमा आयो ।

बिस २०१८ सालमा पिसक्रपलाई नेपाल आउने अनुमति राजा महेन्द्र दिए जसले नेपालमा पश्चिमाहरुको प्रवेश खुल्दै गयो तर पनि राजाहरुले केहि कुरा माने केहि मानेनन र हामीले छिमेकीहरुसंग मिल्नु पर्छ भन्दै सन् १९८५/८६मा आएको प्रस्ताब राजा बिरेन्द्रले नमानेको बताए । जसले गर्दा राजिब गान्धीसंग दरवारको सम्बन्ध पनि बिग्रियो यिनै बिषयमा बेलायती र अमरिकीसंसदमा समेत उठ्यो यसरी राजनीतिको हरेक घटनाक्रमहरु जोडिएर बैदेशिकशक्तिको बलमा २०४६ सालको परिवर्तन भयो ।

२०४६ साल अघि नेपालको राष्ट्रिय अनुसन्धान बिभाग कति शक्तिशाली थियो भने त्यसले RAW र CIA भित्र पनि आफ्नु च्यानल फिट गरेर ति देशहरुले नेपाल बिरुद्ध गरेका षड्यन्त्रबारे थाहा पाउने गरेको थियो अनि त्यस्ता एजेन्टहरुलाई जेल हाल्नेसम्म काम गरेको थियो तर २०४७ सालमा बहुदलीय लोकतन्त्र पुनर्स्थापना हुनासाथ परिवर्तित माहोलमा राज्यका कतिपय निकाय संक्रमणको अवस्थामा आए। र, त्यसैकारण नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत निजामतीतर्फका विभिन्न निकायमा संस्थागत परिवर्तन हुन थाले। यिनै परिवर्तनसँगै भित्रियो नेपालमा विदेशीहरूको चलखेल। विदेशी चलखेलको पहिलो शिकार भयो– राष्ट्रिय अनुसन्धान विभाग। यसको सबैभन्दा महत्वपूर्ण विभाग (प्रतिजासुसी) लाई तत्कालीन अन्तरिम सरकारका प्रधान मन्त्री कृष्णप्रसाद भट्टराई र वाममोर्चाकी अध्यक्ष मन्त्री सहाना प्रधानलगायत झलनाथ खनालले सुइँको पनि थाहा नपाउँदै तत्कालीन गृह मन्त्री योगप्रसाद उपाध्यायले खारेज गरिदिए। यसको खारेजी योजनाबद्ध चाल थियो केही विदेशी राष्ट्रको।

नेपालका सरकारी यन्त्रहरूमा आफ्नो घूसपैठ बढाउनका लागि ‘प्रतिजासुसी विभाग’ (जसले विदेशी जासुसी संस्थाहरूका गतिविधिमाथि निगरानी गर्थ्यो) को खारेजी अनिवार्य थियो। प्रतिजासुसी विभागको खारेजी नहुँदो हो त मदन भण्डारीको हत्या हुने थिएन शायद। तिब्बतियन स्वतन्त्रताका नाममा नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुने थिएन। कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको देशभित्र ठाडो हस्तक्षेप पनि हुने थिएन।

२०४७ सालपछाडि निजामती र प्रहरी दुवै निकायमा व्यापक घूसपैठ भयो। घूसपैठको घनीभूत प्रभाव राजनीतिक दलहरूमा पर्‍यो। छोटो समयमा नेपालका राजनीतिक दलहरू आफ्नो निर्णय आफैं गर्न असफल हुन थाले। राजनीतिक दलहरूमा गैरसरकारी संस्थाहरूको व्यापक पकड कायम भयो। पहिलो ‘चुकाइ’ यिनै गतिविधि थिए।

निजिकरणको नाममा तराईको सबै उद्योगहरु बन्द गराएर उक्त उद्योगमा आश्रित तराईका जनताहरुको रोजीरोटी खोसेर मधेश र पहाड छुट्याउने काम भयो त्यो पनि प्रजातन्त्रको नाम भित्रै यसका डिजाइनर थियो विश्व बैंक जसमा पश्चिमा राष्ट्रहरुको लगानी थियो । विश्व बैंकको माध्यमबाट असीमित र अनियन्त्रित ‘निजीकरण’ ले नेपालमा प्रवेश गर्‍यो। नेपाली कांग्रेसभित्र प्रजातान्त्रिक समाजवादका पक्षधरहरूलाई निर्मूल गरियो।

आइएनजीओप्रति मदन भण्डारी अति नकारात्मक थिए जसको नतिजा भण्डारी मारिए पछि भण्डारीको ड्राइभर अमर लामा पक्राउ परे जसलाई बचाउन ऋषिकेश शाहले पैसाको खोलो बगाए अनि उनै लामालाई माओबादीहरुले मारे । जबकी माओबादी नेता बाबुरामको घनिष्ठ सम्बन्ध ऋषिकेशसंग थियो यसरी माओबादी जनयुद्धको शुरुवात कर्ता नेपाली भए पनि यसको डिजाइनर र लगानी कर्ता बिदेशी शक्ति नै हुन् यसको पनि बिभित पाटोहरु यसरी जोडिन्छ छ ।

राजा बीरेन्द्र र राजिब गान्धी बीच बिदेशीहरुले पाकिस्तानमा यसरी खेलेकी जसमा नेपाल दरवारका कर्मचारीले बीरेन्द्र र राजिब गान्धीलाई गलत सुचना दिएर ठुलो द्वन्द उत्पन्न गराए ।
टिभीमा बोलेर जादा घर पनि जियुदो पुग्दीन होला किनकी षड्यन्त्रकारी आफ्नै परिवार भित्रै रहन्छन् भन्ने कुरा नेपालको दरवारको राजनीतिले प्रमाणित गरेको अकाट्य तर्क राख्छन् डाक्टर संगौला ।

धेरै मान्छेहरुमा भ्रम छ कि धर्म निरिपेक्ष भन्नेको हिन्दुहरुलाई समाप्त पार्न ल्याएको तर यसको यथार्थ र भित्रि पाटो भनेको नेपालबाट बुद्ध धर्मलाई समाप्त पार्न चै धर्म निरिपेक्ष ल्याएको हो । पश्चिमाहरुले चीनलाई घर्ने नेपालमा बुद्ध धर्मलाई समाप्त गर्नु जरुरि छ भन्दै संग्रौला हिन्दुत्वको चर्को नारा लगाउनेहरुको पनि प्रयोग हुदै आएको छ जसले बुद्ध धर्म र हिन्दु धर्ममा द्वन्द श्रीजना गराएको छ ।

देश सबै तिरबाट सकिएको छ बाँकि रहेको भाषा पनि सकियो अहिलेका ११ /१२ पास गरेका बालबालिकालाई रामरी नेपाली लेख्नु त परै जावोस बोल्न समेत आउदैन जसले कालान्तरमा भाषा नै सकिने भयो ।

प्रधानमन्त्री देउवालाई मन्त्रि धेरै बनाउनु हुदैन भन्ने थाहा छ तर बैदेशिक दवाबले गर्दा धेरै मन्त्रि बनाउन विवस छन् ।

राष्ट्रबादको नारा चर्काउने क्रान्तिकारी दाबी गर्ने एमालेले सांचिकै राष्ट्रवादको नेतृत्व गर्नको लागि एमाले भित्रै रहेको एनजीओ आइएनजियोको नेटवर्क तोडेर अघि बढ्नु पर्छ नत्र त्यही एन्जियो र आइएन्जियोले एमालेलाई समाप्त पार्छ भन्ने तर्क संग्रौलाको छ।
हिजो आदर्श क्रान्तिकारी मानिनेहरु अमेरिका सजिलै गए डिभी पनि पाए यो अनुसन्धान हुनु पर्ने बिषय रहेको छ ।

ठिक यहि बिन्दुमा कार्यक्रम प्रस्तोता टिकाराम यात्री थप्छन् , ” पृथ्वीनारायण शाहले ५७ जना इसाई पादरीहरुलाइ देश निकाला गरेपछि त्यो बेला रिसाएका पश्चिमाहरुले त्यो रिसलाई धर्म निरिपेक्ष मार्फत प्रतिसोध लिदैछन भन्ने तर्क अघि सरे । ”

यसमा सहमति ब्यक्त गर्द्छन संग्रौला । एसियाको सभ्यता नष्ट गर्नको लागि बुद्ध धर्मको मूल रुट रहेको नेपालमा बुद्ध धर्मको अस्तित्व समाप्त पार्न धर्म निरिपेक्ष लागु गरिएको हो नकी हिन्दु धर्मलाई अस्तित्व समाप्त गर्न ।

भारत र चीनलाई समाप्त गर्न पश्चिमाहरुको ग्रान्ड डिजाइन अनुसार नेपालमा बिभिन्न  घटनाहरु हुदै छ तर बिडम्बना यसमा भारत आफै प्रयोग हुदैछ भन्ने तर्क संग्रौलामा देखिन्छ ।

नेपालको सैनिक तथा सुरक्षा सामरिक महत्व भएकै केहि महत्वपूर्ण स्थानहरुमा बौद्ध गुम्बा हुनु केहि गम्भीर संकेत गर्छ भन्छन संग्रौला । नेपालको बालाजुमा बारुद कारखानाको छेउमा एउटा अर्को गुम्बा छ स्वयंम्भुको सशस्त्र छेउमा अर्को गुम्बा छ भक्तपुरकोको खरिपाटीको छेउ जहा सेनाकै अर्को महत्वपूर्ण पोस्ट पनि छ , अनि उक्त बौद्ध गुम्बाहरुमा स्क्याण्डेभियन मुलुकहरुको लगानी रहेको छ  ।

कुराकानीको अन्तिममा संग्रौलाले अर्को गम्भीर खुलासा गरे कि विवादित व्यक्तित्व ल्याकर लामाको अरु बिषय अनुसन्धानको पाटो हुनु पर्छ तर उनै ल्याकर लामा बौद्ध बिकाश समितिको अधक्ष्य हुदा जता भाबि बौद्ध गुम्बाहरु निर्माण हुनु हुदैन अनि निर्माण भएका बौद्ध गुम्बाहरुको आय श्रोतको दाता कोहो भनेर प्रश्न उठाएपछि उनलाई उक्त पदबाट हटाइयो किन भन्दै अति महत्वपूर्ण प्रतिप्रश्न उठाउदै यो देशको प्रमुख कार्यकारी भएको खण्डमा आजसम्म नेपालमा जो जो अर्थमन्त्री भए तिनीहरुको सबै कुरा अनुसन्धान गरेर जेल हाल्ने अभिव्यक्ति दिन्छन संगौला ।

CLICK HERE TO WATCH Dr.Yubraj Sangraula’s INTERVIEW

प्रकाशित मिति २०७४ भदौ २७ गते मंगलबार

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo