राष्ट्रवादका नाममा सधै देश र जनतालाई गरिब बनाउने खेल बन्द हुनुपर्छ, कोशी उच्चबाँध नेपालको हितमा छ

कोशी उच्च बाँध नेपालको हितमा छ, बनाउनु पर्छ जसले नेपालको कायापलट गर्ने निश्चित छ 

अहिले केपी ओलीले यो कोशी उच्च बाँधको विरोध गर्नु भएको छ । नेपालमा पानी जहाज चलाउने सपना उहाँले देख्नु भएको थियो । उहाँको उत्तराधिकारीले दिल्लीमा गएर डिपिआर गर्ने समझदारी गर्दा किन विरोध गर्नुपरेको हो मैले बुझेको छैन । ‘हम करे तो लिला, वो करेतो क्यारेक्टर ढिला’ जस्तो भयो ।

नेपाली समाजमा अहिले पनि कोशी उच्च बाँध के हो ? यस्तो बाँधले कसलाई के फाइदा दिन्छ, कसलाई के हानी हुन्छ भन्ने विषयमा सत्य जानकारी पुग्न सकेको छैन । जल सरोकारका जानकार अरुणकुमार सुवेदीले हालै एक कार्यक्रमका बीच तथ्य विवरण प्रस्तुत गर्नु भएको छ । ती विवरण निम्नानुशार छन्ः

 

‘कोशी उच्च बाँध नेपालको सम्वृद्धिका लागि महत्वपूर्ण कोशेढूंगो सावित हुन सक्छ । तर कुरा बुझ्दै नबुझी मानिसहरुले कोशी उच्च बाँधबारे आलोचना र विरोध मात्रै गरिरहेको देख्दैछु । कोशी उच्च बाँधले नेपाल, भारत र बंगलादेशका जनताको हित गर्न सक्छ । मानवीय हितका लागि कोशी उच्च बाँध एक महत्वपूणै औजार हुन सक्छ । हाम्रा सपना पूरा गर्ने भनेको पानीले हो । नेपालको पानी बैंक हो हिमाल । विश्वव्यापी उष्णताले नेपालका हिमालमा हिउँ कम पर्न थालेको छ । यसकारण अहिले नै हामीले हाम्रो पानी, पानी बैंकको बैकल्पिक उपयोगबारे सोचेनौ भने सम्पन्नताको सपनाबाट हात धुनु पर्छ ।

भएको पानीलाई जलाशयमा रुपान्तरण गर्ने, विजुली निकाल्ने, पानी जहाज चलाउने पर्यटन, माछापालन गर्ने हो भने त्यसले हामीलाई समृद्ध बनाउन सक्छ । हामीसँग ४२ हजार मेघावाट बिजुली निकाल्न सकिन्छ भन्ने अध्ययन छ । कर्णाली चिसापानीबाट १० हजार ८ सय मेघावाट बिजुली निस्किन सक्छ । महाकाली पञ्चेश्वरबाट हाम्रो हिस्सामा ४६–४७ सय मेघावाट बिजुली पाउन सकिन्छ । कोशी उच्च बाँधबाट ३५ सय मेघावाट बिजुली निकाल्न सकिन्छ । यस्ता परियोजना नबनाउने र योजनाको विरोध मात्रै गर्ने हो भने हामी समृद्ध हुन सक्दैनौं । बनाउनु पर्छ भन्दा भारतीय दलाल मात्रै हुने हो भने हाम्रा सपना कहिले पनि पूरा हुँदैनन् ।

विकास र योजनाको कुरा गर्दा संगठीत रुपमा विरोध हुने गर्छ । जनतालाई बुझाउन पनि आवश्यक छ । नेपाल र भारतबीच भएका सम्झौता तीतो अनुभव पनि छन् । तर त्यो तीतो अनुभवलाई लिएर सबै सम्भावनाका ढोका बन्दा गर्नु हुँदैन । विगतका अनुभवबाट पाठ सिकेर नयाँ योजनामा काम गर्नु पर्छ ।

सरकारहरुको स्वार्थको टकराव, स्वार्थ समूहको खेल, अन्तर्राष्ट्रिय रुपमा ठूला बाँध र जलाशयको विरोध गर्ने लवी यस्ताको प्रभावमा नेपाल, भारत, बंगलादेशका जनताले दुःख पाएका छन् । बाजेदेखि नातिसम्म सधै दुःख पाउनु पर्छ भन्ने छैनन् । कोशी उच्च बाँधबारे नेपाल, भारत र बंगलादेशका जनताले एक भएर आवाज उठाउन आवश्यक छ ।
राष्ट्रवादका नाममा सधै देश र जनतालाई गरिब बनाउने खेल बन्द हुनुपर्छ ।

अरुण, तमोर र सुनकोशीको संगमस्थलमा २६९ मिटर अग्लो बाँध बनाउने भन्ने कुरा नै कोशी उच्च बाँध हो । कोशी उच्च बाँधका कारण माथिल्लो क्षेत्र डुबानमा पर्छ । डुबानमा पर्ने क्षेत्रमा बस्ने जनताले अहिले चाहेर पनि जमिन बेच्न सक्दैनन् । किनभने त्यहाँ जमिन किनिदिने कोही छैनन् । तर चलेको दर भन्दा धेरै पैसामा उनीहरुले जमिन बेचेर अर्को स्थानमा गएर सुखपूर्ण जीवन बाँच्न पाउँछन् ।

उच्च बाँध बाधेपछि पश्चिमतर्फ १ हजार १ सय घनमिटर प्रतिसेकेन्ड पानी छाडेर नहर निर्माण हुनेछ । पूर्वतर्फ १ हजार ४ सय ८ घनमिटर प्रतिसेकेन्ड पानी छाडिनेछ । पूर्वको नहरको चौडा १५५ मिटर र गहिराई ७ मिटरसम्म हुन सक्छ ।

अरुण, तमोर र सुनकोशीको किनारका क्षेत्रमा बसोबास गर्ने ६०–७९ हजार मानिस विस्थापित हुन सक्छन् । बाँध भन्दा माथि ३–४ सय मिटरसम्म डुबान हुन्छ । चरम्बी दोभानसम्म डुबान हुन्छ । तुम्लिङटार विमानस्थल डुबान हुन्छ भन्ने कुरा सहि होइन । किनभने विमानस्थल ९७० मिटरको उचाइमा छ । जबकी बाँध ३६९ मिटर उचाइको हुन्छ । यसकारण विमानस्थल डुब्दैन ।

बाँध पछि बन्ने जलाशयमा १३ दशमलव ५ अर्ब घनमिटर पानी जम्मा हुनेछ । यो पानी भनेको वर्षाभरका पानी जम्मा गर्दा हुने जति हो । यसरी जम्मा भएको पानीलाई हिँदामा खटाएर छाडन सकिन्छ । नेपाल, भारत, बंगलादेशमा कोशीले गर्ने क्षति रोकिन्छ ।

कोशी उच्च बाँध पछि बन्ने नहरको चौडा १५५ मिटर र गहिराई ७ मिटर हुन्छ । यस्तो नहरमा ५ सय वटा कन्टेनर बोक्ने पानीजहाज आउन सक्छ । कलकत्ताबाट नेपालको दमकसम्म पानी जहाज आउन सक्छ । पूर्वतिरको नहरबाट पानी जहाज ल्याउनु पर्छ । त्यो बाटोबाट पानी जहाज ल्याउँदा भारतलाई पनि फाइदा हुन्छ । अनी उसले पनि स्वीकार गर्छ । पूर्वी नहर अगाडि बढ्दै जाँदा दमकको माइ र रतुवा नदीको ठूलो बगरमा पानी जहाजका लागि बन्दरगाह बनाउन सकिन्छ ।

अहिले केपी ओलीले यो कोशी उच्च बाँधको विरोध गर्नु भएको छ । नेपालमा पानी जहाज चलाउने सपना उहाँले देख्नु भएको थियो । उहाँको उत्तराधिकारीले दिल्लीमा गएर डिपिआर गर्ने समझदारी गर्दा किन विरोध गर्नुपरेको हो मैले बुझेको छैन । ‘हम करे तो लिला, वो करेतो क्यारेक्टर ढिला’ जस्तो भयो ।

हेर्नुस भिडियो 

नेपालको जल सरोकारमा लामो समयदेखि अध्ययन अनुशन्धान गरिरहनु भएका अरुणकुमार सुवेदी जल क्षेत्रका लागि नौलो नाम होइन । नेपालको जलसम्पदा बारे सुवेदीका केही पुस्तक प्रकाशित छन् । पत्रपत्रिकाहरुमा उहाँका लेखहरु पनि प्रकाशित हुने गर्छन् । 

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा कोशी उच्च बाँध निर्माणका लागि नेपाल–भारतबीच डिपिआर तयार गर्ने समझदारी भएको छ । यो समझदारीपछि नेपालमा तरंग उत्पन्न गरेको छ । केही आलोचकहरुले राष्ट्रहित विपरीत कोशी उच्च बाँध बनाउने समझदारी गर्नु प्रधानमन्त्री देउवाको गम्भीर भूल हो भनेका छन् । 

साभार नेपालआज

प्रकाशित मिति २०७४ भदौ २७ गते मंगलबार

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo