नेपाली आमाकी छोरी बलिउड अभिनेत्री महिमा चौधरी ४४ बर्षकी भइन्

थोरै चलचित्रमा मात्रै अभिनय गरेकी तर आफ्नो अलग्गै छाप छोड्न सफल बलिउड अभिनेत्री महिमा चौधरी ४४ बर्षकी लागिन् । सेप्टेम्बर १३ तारिख अर्थात आज उनको जन्मदिन हो।

नेपाली आमा र भारतीय बाबुकी छोरी महिमाको जन्म दार्जिलिंगमा भएको हो। दार्जिलिंगमा सौन्दर्य प्रतियोगिता जितेपछि मोडलिंग मार्फत आफ्नो क्यारियर शुरु गरेकी महिमा नब्बेको दशकमा एक सफल मोडल र फिल्मी क्षेत्रमा राम्री अभिनेत्रीको रुपमा स्थापित भएकी थिइन्।

असली नाम रितु चौधरी हो तर उनी महिमा चौधरीको नामले प्रसिद्ध भइन्। सुभाष घइको सुपरहिट फिल्म ‘परदेश’ बाट उनी बलिउडमा उदाएकी थिइन्। जुन फिल्ममा शाहरुख खान सँग गंगाको भुमिका निभाएकी थिइन्।

परदेश फिल्मबाट उनले बेस्ट डेब्यु एक्ट्रेस जि सिने अवार्ड पाएकी थिइन्।

सुपरहिट फिल्म ‘धड्कन’मा छोटो तर सशक्त अभिनय गरेकी उनलाई ‘अक्सर इस दुनिया मे’ बोलको गितले थप चर्चा दिलाएको थियो। त्यस्तै दिल है तुम्हारा,धड्कन,दाग कुरुक्षेत्र,दिल क्या करे,बागबान जस्ता राम्रा फिल्ममा काम गरेर थुप्रैको मनमा बस्न सफल भएकी छिन्।

प्रकाशित मिति : २०७४ भदौ २८ बुधबार -२०७४ 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo