नायक प्रदीप खड्का चारजना अफ्रिकन मुलका बडीगार्ड लिएर हिड्न थाले

नायक प्रदीप खड्का लिड हिरो रहने गरी फिल्म ‘लिलि बिली’ बन्ने भएको छ । प्रदीपको अपोजिटमा दुई नव नायिका जसिता गुरुङ र रेविका गुरुङ रहनेछन् । मिलन चाम्सको निर्देशन रहने फिल्ममा अभिनेता अनपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने लिलि बिली को छायाँकन तिहार पछि सुरु हुनेछ । साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ । कमेडी लभ स्टोरी जनराको फिल्ममा छायाँकार र संगीतकार भने तय हुंन बाँकी छन् ।

दरबारमार्गको होटल अन्नपूर्णमा मंगलबार आयोजना गरिएको फिल्म लिलि बिलीको प्रेसमिटमा नायक खड्का चार जना बढीगार्ड सहित उपस्थित भएका थिए । नव नायिकालाई समेत दुई दुई जना बडीगार्ड उपलब्ध गराइएकोमा निर्देशक चाम्सले कलाकारको सम्मान, अनुशासन र परिपाटी बसाल्न यसो गरिएको बताए । लिलि बिली चैत ३० गतेदेखि प्रदर्शनमा आउने समेत प्रेसमिटमा उद्घोष गरियो ।

रमाइलो छ बाट लिइएको

प्रकाशित मिति : २०७४ भदौ २८ गते बुधबार 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo