लाखौ रोहिंग्यालाई म्यान्मारबाट खेदिएकोमा तिब्र आलोचना गरिएपछि नेतृ सुकी राष्ट्रसंघ नजाने

म्यानमारकी नेतृ आङ सान सुकी न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने उनका एकजना प्रवक्ताले बताएका छन्।म्यानमारमा तीन लाख भन्दा बढी रोहिंज्याहरु देश छोडेर भाग्नुपर्ने गरी ठूलो हिंसा मच्चिइरहेका बेला सुकीको  यो निर्णय आएको छ।सुकीले हिंसा विरुद्ध बोल्न नसकेको आरोप पश्चिममा रहेका उनका समर्थकहरुबाट बेहोरिरहेकी छन्।आलोचकहरुले सूचीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता लिइनुपर्ने बताइरहेका छन्।

जातीय सफाया
सुकी आलोचनाबाट नडराएको तर उनीसँग शायद अरु नै महत्वपूर्ण काम रहेको उनका प्रवक्ताले बताए। उनले विस्तृत विवरण दिएनन्।सुकीले गत वर्ष राष्ट्र संघलाई सम्बोधन गरेकी थिइन्।

राष्ट्र संघले म्यानमार सरकारले रखाइन राज्यमा जातीय सफाया गरिरहेको आरोप लगाएको छ।तर राष्ट्र संघका लागि म्यानमारका राजदूतले रखाइन राज्यको हिंसाका लागि रोहिंज्या विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन्।बौद्धमार्गी बहुल रखाइन राज्यमा रहेका राज्य बिहीन रोहिंज्या मुस्लिमहरुले लामो समयदेखि समस्या भोग्दै आएका छन्।

म्यानमारले रोहिंज्याहरुलाई गैरकानुनी आप्रवासी भन्छ।बुधबार बस्ने राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा रोहिंज्याबारे छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०७४ भदौ २८ गते बुधबार 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo