म मात्रै नेपालीको छोरा हुँ, यो भन्दा अर्को कुनै जात छैन : निशान भट्टराई

भदौ २८-काठमाण्डौं : एपिवन टेलिभिजन बाट प्रसारण भईरहेको चर्चित रियालिटी सो ‘नेपाल आइडल’ को अन्तिम प्रतिष्पर्धामा तिन प्रतिष्पर्धी बाँकी रहेका छन्। बुद्ध लामा,निशान भट्टराई र प्रताप दास। गायकिको हिसाबमा यि तिनै प्रतिष्पर्धीहरु अब्बल रहेपनी नेपाल आइडलको नियम अनुसार सबैभन्दा धेरै भोट पाउने एक प्रतियोगि पहिलो नेपाल आइडलको बिजेता बन्नेछन्।

आ-आफ्ना मनपर्ने प्रतियोगिहरुको लागी सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट भोट माग्नको लागी तछाड-मछाड चलिरहेको छ। स्वस्थ प्रतिष्पर्धा मार्फत आफूलाई मन परेको व्यक्तिलाई भोट हालेर जिताउन प्रयास गर्नुपर्नेमा सामाजिक संजाल मार्फत अराजक गतिविधिहरु गर्दै प्रतियोगिहरुको नाममा ‘फेक आइडि’ खोलेर दु:ख दिने र समस्या भर्ने काम भईरहेको छ।

निशान भट्टराईको नाममा कसैले फेक आइडि खोलेर अर्को समूदायलाई गाली गर्दै चरित्र हत्या गरेको समेत पाइयो। निशान भट्टराईले आफ्नो फेक आइडि बनाएर आफूलाई बद्ननाम र आफ्नो चरित्र हत्या गर्ने षडयन्त्र गरिएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन्।

निशानले फेसबुकमा यसरी लेखे-‘आदरणिय मेरा दर्शक, श्रोता तथा शुभचिन्तक मेरो चरित्र हत्याको प्रयास भइरहेको जानकारी पाउदा म अच्यन्तै अत्यन्तै दुखी छु । मर्माहित भएको छु । म एक नेपालीको छोरो हुँ, मेरा लागि अर्काे कुनै जात छैन ।’
‘मैले आजसम्म जात धर्म बर्ग र समुदाय बिच बिभेद गर्ने जस्ता निच बिचार राखेको पनि छुइन र राख्ने पनि छैन’ उनले अगाडि लेखेका छन् ‘म त संगीतमा जीवन खोजिरहेको तपाइहरु जस्तो साधारण नेपाली हुँ । म आइडियल हुँ ला नहुँला । यो भन्दा पनि बढी सामाजिक संजालमा मेरो चरित्र हत्य भएको कारणले अत्यान्तै दुखी भएको छु ।’

 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo