आहा ! चालीस बर्ष अगाडिको सुन्दर नेपाल अनि अभावमा पनि मुस्कुराइरहेका मानिसहरु (भिडियो)

प्रकृतिको उत्कृष्ट वरदान पाएको नेपाललाई संसारकै सुन्दर देशहरु मध्येमा एक भनिन्छ । नेपाल जस्तो राम्रो र प्राकृतिक सुन्दरताले भरिपूर्ण र बिभिन्न जातजातिको बिबिधताले सजिएको देश विश्वमा कमै छ।

यत्तिको राम्रो देश र प्रकृतिको अनुपम उपहारलाई हामिले सजाउन सकेका छैनौ। प्रकृतिको जथाभाबी दोहन गरिराखेका छौ। त्यसमाथी अत्यन्तै सुन्दर देशको राजधानी काठमाण्डौं उपत्यकालाई त करुप नै बनाएका छौ।

जथाभाबी मानव बस्ती बसालेका छौ। प्राकृतिक स्रोत साधनको दूरुपयोग गरिरहेका छौ। करिब चालीस/पचास बर्ष अघि मात्रै पनि राजाधानी काठमाण्डौं अति सुन्दर थियो। अहिलेको जस्तो जथाभाबी अव्यबस्थित बस्तीहरु थिएन। हरियाली र स्वच्छ हावा थियो। प्रदुषण के हो राजधानीबासीहरु लाई थाहा थिएन।

३९ चालीस बर्ष अगाडि राजधानी काठमाण्डौंको सेरोफेरोमा खिचिएको भिडियोमा सुन्दर र शान्त राजधानी देख्न सकिन्छ। अहिलेको जस्तो भौतिक सुविधा थिएन,त्यतिबेला धेरै कुराको अभाब थियो तरपनी हरेक नेपालीहरु हाँसिरहेका नै देखिन्थे।

हेरौं भिडियो

प्रकाशित मिति : २०७४ भदौ २८ गते बुधबार 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo